गुट्खा खाएर दाँत कालो भएको छ ? अपनाउनुस् यी पाँच तरिका जसले दाँत चम्काउँछ -

शनिबार, १९ चैत २०७३

 

धुम्रपान तथा गुट्खा खाएकै कारण दाँत कालो हुन्छ । लाखौ कोशिश गर्दा पनि दाँतमा जमेको कालो जादैन् । दाँत कालो भएकै कारण तपाइ खुलेर हाँस्न सक्नु भएको छैन् वा यसैको कारण कैयौ पटक तपाइलाई लाजको महसुस भएको छ भने अब चिन्ता लिनुपर्दैन् । दाँतमा जमेको ती कालो दागलाई सजिलै तरिकाले हटाउन सकिनेछ तर यो उपाय भने अपनाउनुपर्ने छ तपाइले । 

 

कसरी सफा हुन्छ दाँत ?

 

१ दाँत दिनमा दुइपटक ब्रस गर्नुस् र सो बखत तपाइले जिब्रोको सफाइ गर्न भने बिर्सनु हुदैन् ।

 

२.दाँतको सतह सफा र चम्किलो बनाउनुस् ।बिहान ब्रस गर्नुको अलावा रातमा सुत्नेबेलामा पनि ब्रस गर्नुस् ।

 

३. खाना खाइसकेपनि मुख कुल्ला गर्न नभुल्नु । यदि धुम्रपान र गुट्खा जस्ता कुरा खानुभएको छ भने त्यसपछि कुल्ला गर्नुस् र दाँतलाइ औलाले रगड्नुस् । 

 

४.ब्रस गरिसकेपछि दाँतमा बेकिङ पाउडरले रगड्नुस् । यसले त्यस्तो दाग हटाउँछ । 

 

५. दिनदिनै गाँजर खानुस् । गाजरमा भएको रेशाले दाँतमा भएको गन्धलाई सफा गरिदिन्छ ।  


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको