ओलीको भविष्यवाणी : २०७४ साल एमालेमय हुने, कांग्रेस र माओवादी साइनबोर्डमा मात्रै

आइतबार, २० चैत २०७३

 

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीले २०७४ साल एमालेमय हुने भविष्यवाणी गरेका छन्। नेकपा एमाले सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा शनिबार आयोजना गरेको पार्टी प्रवेश विशेष कार्यक्रममा अध्यक्ष ओलीले अबको निर्वाचनमा जनतामा भएको भोट एमालेले बडार्ने दाबी गर्दै यस्तो भविष्यवाणी गरेका हुन् । एमाले ठुलो पार्टी बन्न नभई देश बनाउनका लागि अग्रसर भएकाले जनताको भोट सबै एमालेलाई प्राप्त हुने विश्वास अध्यक्ष ओलीले व्यक्त गरे ।

 

उनले कांग्रेस र नेकपा माओवादी केन्द्रले नयाँ क्यालकुलेटरमा भोट गन्दै गर्दा जनताको भोट एमालेले लगिसक्ने दाबी समेत गरे । अन्य दलमा भएकाहरुलाई पनि आफ्नो पार्टीमा आउन उनले आव्हान गरे। उनले जनलहर सबै एमालेतर्फ आएपछि अन्य पार्टीको साईनबोर्ड मात्रै बाँकी रहने दाबी गरे। एमाले कुनै जात र ठाँउ विशेषको पार्टी नभएको ओलीको दाबी छ। एमालेको शक्तिबाट डराएका अन्य दलले आफुहरुको राष्ट्रनिर्माण अभियानलाई कमजोर पार्न खोजेको उनले आरोप लगाए।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको