लामो दाह्री पाल्न, नकाब लगाएर हिँड्न र सरकारी टिभी च्यानल हेर्न प्रतिबन्ध
आइतबार, २० चैत २०७३

चीन सरकारले शिन्जियाङ प्रान्तमा इस्लामिक चरमपन्थविरुद्धको अभियानका क्रममा वीगर मुस्लिम समुदायमाथि नयाँ प्रतिबन्ध लगाएको छ। असामान्य रूपले लामो दाह्री राख्न नपाउने, सार्वजनिक स्थानमा नकाब लगाउन नपाउने तथा सरकारी टिभी च्यानल हेर्न नपाउनेजस्ता नियम लगाएको छ।
चीनको शिन्जियाङ प्रान्तमा बसेका वीगर मुसलमान समुदाय चीन सरकारले आफूहरुमाथि भेदभाव गरेको आरोप लगाउँदै आएका छन्। केही वर्ष यता यस प्रान्तमा रक्तपातपूर्ण सङ्घर्षहरु हुँदै आएका छन्।
चिनियाँ सरकारले भने यस हिंसाको जिम्मेवार इस्लामिक चरमपन्थी र अलगाववादी रहेको बताउँदै आएको छ।यस्तो प्रतिबन्ध पहिलेदेखि नै शिन्जियाङमा लगाइएको थियो। तर यो हप्ताको अन्त्यसम्ममा त्यसलाई कानुनी रुपमा लागू गरिँदैछ।
स्टेसन र एयरपोर्टजस्ता सार्वजनिक ठाउँमा काम गर्ने कर्मचारीहरुले पूर्ण रुपमा आफ्नो शरीरलाई ढाक्ने र अनुहारमा नकाब लगाउने व्यक्तिमाथि रोक लगाउने नियम लागू गरिएको छ।वीगर मुख्य रुपमा टर्कीका मुसलमान हुन्। शिन्जियाङमा यिनीहरुको संख्या ४५ प्रतिशत रहेको छ भने यहाँ ४० प्रतिशत हान चिनियाँ समुदायको बसोबास रहेको छ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्