विपन्नको उपचारका लागि ६७ लाख सहयोग

आइतबार, २० चैत २०७३


म्याग्दी,  म्याग्दीमा रहेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले विपन्नको उपचारका लागि रु ६७ लाखभन्दा बढी सहयोग गरेको छ ।

 

बोनम्यारो रोगका कारण उपचारका क्रममा दिवङ्गत भएकी बेनपा–४ की ओमकुमारी पुन ९शान्ति०को सम्झनामा विसं २०७१ मङ्सिरमा स्थापित कोषले हालसम्म ३२ जनालाई सहयोग गरेको हो ।

 

मुटु, मिर्गौला, रक्तक्यान्सर, हेपाइटाइटिस बि, मालिग्रन्ट क्यान्सरलगायत जटिल रोगबाट थलिएका विपन्नको उपचारका रु ७८ लाख ३९ लाख ४४९ जुटाइएकोमा रु ६७ लाख ८४ लाख ३३० उपलब्ध गराइएको कोषका सचिव लोकेश पुनमगरले जानकारी दिए ।

“उपचार सम्भव भएको चिकित्सकले सिफारिस गरेका र आर्थिक अवस्था कमजोर भएका म्याग्दीवासीका लागि सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट सहयोगको अपिल गर्छौं” सचिव पुनले भने “देश विदेशमा रहेका म्याग्देलीको अगुवाइमा सङ्कलन हुने रकम सम्बन्धित अस्पतालले उपलब्ध गराउने बिलको आधारमा भुक्तानी गरिन्छ ।”

 

प्रत्येक बिरामीको सहयोग सङ्कलन अभियानका लागि छुट्टाछुट्टै बैंक खाता खोलिने, दाताबाट प्राप्त हुने सहयोग र खर्च विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ । कोषले अभियान सञ्चालन गरेका सात जना जटिल किसिमका रोगका बिरामीको उपचार सफल भएको छ । थप २१ जनाले कोषबाट सहयोग पाएका छन् भने कोषले अभियान सञ्चालन गरेका चार जनाको उपचारका क्रममा निधन भएको छ ।

 

बेनपा–४ थामडाँडाका तेजेन्द्र गुरुङ र मङ्गला गाउँपालिका–१ कुहुँका डकबहादुर रोकाको मिर्गौला प्रत्यारोपणका लागि रु २९ लाख ४३ हजार १०३ र १७ लाख ६५ हजार ३७६ सहयोग जुटेको थियो । बेनपा–१० पात्लेखेतकी पार्वती दर्जी, बेनपा–१ का नवीन थापा, अरुनीमा नेपाली, बेनपा–२ की सन्तु पोखरेल, अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीकी सावित्रा थापालाई मुटुरोगको शल्यक्रियाका लागि कोषले सहयोग जुटाएको थियो ।

 

“मिर्गौला प्रत्यारोपण भएपछि दोस्रो जन्म पाएको महसुस गरेको छु” कुहुँका रोकाले भने “दाताको सहयोग नभएको भए मेरो घरखेत बेचेर पनि उपचार खर्च पुग्ने थिएन् ।” कोषले भूकम्प, बाढी, पहिरो पीडित सर्वसाधारण, भूकम्पले क्षति पुगेका विद्यालयको भवन पुनःनिर्माणका लागि आर्थिक स्रोत जुटाउन समेत संयोजन गरेको थियो ।

 

आर्थिक अवस्था कमजोर भएकै कारणले कोही पनि म्याग्देलीले ज्यान गुमाउन नपरोस् भन्ने स्थापित कोषमा रु एक करोड ५० लाख पु¥याउने र त्यसको ब्याजबाट सहयोग गर्ने लक्ष्य रहेको अध्यक्ष राजेश शाक्यले बताए ।

 

हालसम्म १८ जना व्यक्तिले रु दुई लाख सहयोग गरेर कोषको संरक्षक र ४१३ जनाले रु पाँच हजार सहयोग गरेर आजीवन सदस्यता लिएका छन् ।


रासस


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको