नेपाल चर्म, यौन तथा कुष्ठ रोग समाजमा डा श्रेष्ठ

आइतबार, २० चैत २०७३

 

काठमाडौँ – नेपाल चर्म, यौन तथा कुष्ठरोग समाजको दुईवर्षे कार्यकालका लागि डा सृष्टि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । 

शनिबार भएको समाजको १३औँ साधारणसभाले निवर्तमान अध्यक्षमा डा गोविन्द पोखरेल, उपाध्यक्षमाा डा सुदीप पराजुली, सचिवमा डा सुशील पौडेल, कोषाध्यक्षमा डा मनिषा सिंह र संयुक्त सचिवमा डा शुभेच्छा कार्कीलाई निर्वाचित गरेको छ । 

प्रधान सम्पादकमा डा सरस्वती शर्मा न्यौपाने र सदस्यहरुमा डा सविना भट्टराई र अनिलकुमार दासलाई चयन गरेको काठमाडौँ मेडिकल कलेजका सहप्राध्यापक तथा समाजका सदस्य डा सविना भट्टराईले जानकारी दिइन् । 

शनिबार नै समाजले आफ्नो विश्व छाला दिवस र समाजको स्थापना दिवस पारेर पहिलो पटक नेपालमा विश्व छाला दिवस पनि मनाएको छ । रासस


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको