एसिडिटीको कारण र बच्ने उपाय

आइतबार, २० चैत २०७३


दौडधुपको युगमा हाम्रो गलत जीवनशैलीले गर्दा रोगले बढवा पाउन थालेको छ । कामको व्यस्थताले लामो समयसम्म खाना नखाएपछि जब पेट पोल्न थाल्छ अनि मात्र हामी खाना खाने गर्छौ । जसका कारण एसिडिटी बढ्न जान्छ । अम्लपित्त अर्थात एसिडिटी यस्तो एक रोगको जसले हाम्रो खानपान र रहनसहनको गलत बानीका कारण हुन सक्छ । खानामा गरिने लापरवाहीले एसिडिटी बढाउँछन् । 

 

एसिडिटीका कारण  :

एसिडिटी हुने धेरै कारण छन् । दैनिक व्यस्तताले खानामा त्यत्ति ध्यान दिने गरिदैन । हाम्रो खानपान, रहनसहनका साथै एसिडिटी शारीरिक र मानसिक कारण पनि हुनसक्छ ।

 

शरीरिक :

हाम्रो शरीरमा आमाशयमा सामान्य तरिकाले पाचन प्रक्रियाको लागि रसिड निस्कन्छ ।  खाना पचाउन पेटका ग्रन्थीहरुले विभिन्न एसिड निकालिरहेको हुन्छ । यस्ता एसिडहरु खानामा घोलिन्छ र खानालाई पचाउन मद्दत गर्छ । यस्ता एसिडहरु आमाशयमा जतिबेला पनि उत्पादन भईरहेको हुन्छ ।  हामीले खानामा ध्यान नदिदा लामो समयसम्म पेट खाली भएको अवस्थामा भने एसिडहरु पेटको भित्तामा पुग्छन् र पेट पोल्न थाल्छ । यस्तो प्रक्रिया बारबार हुँदै गएमा अन्न नलिमा सुजन पनि हुनसक्छ । धेरै वान्ता, खोकी वा धेरै मेहनतका साथ काम गर्नाले पनि एसिडिटी हुन सक्छ ।

 

खानपिन :

हामीले के खाना खान्छौं, कति मात्रामा लिन्छौ यसको सीधा असर हाम्रो पेटमा पर्न जान्छ । विविध खाने कुराका कारण एसिडिटी बढ्न जान्छ । 

- धेरै मसलादार, पिरो तथा तारेको खानु

- जंगफुड मात्र खानु

- चिया, कफि खानु

- चिसो पेय पदार्थ

- चुरोट सेवन 

- धेरै रक्सी पिउनु

- समयमै खाना नखानु

- राम्रोसँग नपाकेको खाना खानु

- बासी खाना खानु

- धेरै कम खाना खानु

 

 

जीवनशैली :

एसिडिटी हाम्रो जीवनशैलीका कारण उत्पन्न हुने समस्या हो । हामी हाम्रो जीवनशैलीमा अनुशासन पालना गर्दैनौ तब हामीमा विभिन्न रोगले आक्रमण गर्न सक्छ ।  

- समया खाना नखानु ।

- धेरै समयसम्म खाली पेट बस्नु ।

- पर्याप्त मात्रामा नसुत्नु ।

- खाना खानासाथ सुत्नु ।

- धुम्रपान, रक्सी सेवन गर्नु ।

- चिकित्सकको सल्ला बिना औषधि सेवन गर्नु ।

- धरै चिन्ता गर्नु ।

- मोटोपन ।

- गर्भावस्था । एसिडिटीका प्रमुख लक्षणहरु

- पेट पोल्नु वा दुख्नु ।

- टाउको वा छाती पोल्नु ।

- अमिलो पानी आउनु ।

- अमिलो डकार आउनु ।

- घाँटी पोल्नु ।

- पेट फुल्नु वा भारी हुनु ।

- वान्ता हुनु ।

- स्वासप्रस्वासमा समस्या हुनु ।

 

एसिडिटीबाट बच्ने उपाय :

- पिरो, मसालेदार तथा तारेको खाना नखाने ।

- चिया, कफि, चुरोट तथारक्सी सेवन नगर्ने ।

- के खादा समस्या उत्पन्न हुन्छ ति खाने कुरा नखाने ।

- प्रत्येक दिन विहान मनतातो पानी पिउने ।

- घरमै तयार पारिएको खाना लाई प्राथमिकता दिने ।

- लामो समयसम्म पेट खाली नखान्ने ।

- एकै पटक धेरै खानुभन्दा थोरैथारै खाना खाइरहने ।

- नियमित रुपमा व्यायाम गर्ने ।

- प्रयाप्त मात्रामा सुत्ने । -

खानामा केरा, खरबुजा र काँक्रा समावेस गर्नु ।  


एजेन्सीको सहयोगमा


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको