मोटोपन घटाउन खानुहोस् दालचिनी, अदुवा र महको मीठो चिया

आइतबार, २० चैत २०७३


तातो र मीठो चियाले तपाईंको जिब्रोलाई स्वाद त देला तर, के त्यो मिठो चियाले शरीरलाई फाइदा त गरेको छ ? तपाईं घरमै बसेर त्यस्तो चिया बनाउन सक्नुहुन्छ जसले प्राकतिक स्वादसँगसँगै तपाईंको तौल कम गर्न मद्दत गर्छ । अझै स्पष्ट रुपमा भन्नुपर्दा त्यस्तो चियाले कुनै हानी गर्दैन र तपाँईको मोटोपनलाई सन्तुलनमा राख्छ ।

 

मोटोपनलाई सन्तुलनमा राख्नुभयो भने अन्य धेरै रोगहरुबाट छुटकारा पाउनुहुनेछ । यसका लागी तपाईंलाई थोरै दालचिनी, मह, ताजा अदुवा र पाँच मिनेटको समय भए पुग्छ । विश्व चर्चीत ‘मसला बडी’का संस्थापक तथा आरोग्य विशेषज्ञ नगीना अब्दुल्लाले यस राजको रहस्य खोल्दै भनेकी छिन्–‘यसले अतिभोग अर्थात इच्छा पुरा गर्ने काम गर्छ, संगसंगै शरीरको तौललाई नियन्त्रण राख्ने काम पनि गर्छ ।’

 

कसरी गर्छ त काम ?

विभिन्न अध्ययनले के पत्ता लागाएको छ भने भोजनमा दालचीनीको प्रयोगले कम्मरलाई अधिक फाइदा पुर्याउंछ । यसको साथै अदुवा तथा जायफलजस्ता मसलाले शरीरमा आवश्यक पर्ने चिनीको मात्रालाई घटाइदिन्छ र गुलियोको मात्रालाई परिपूर्तिसमेत गरीदिन्छ । जसको नतिजा शरीरले ग्रहण गर्ने चिनीको मात्रालाई कटौति गरीदिन्छ ।

 

दालचिनीले रगतमा बग्ने चिनीको मात्रालाई नियन्त्रण गरी मुटु र मस्तिष्कको कार्यलाई सहज बनाइदिन्छ । त्यस्तै अदुवाले शरीरमा बढी भएको चिनी र चिल्लो पदार्थलाई पाचन प्रणालीमा रोकेर दिशा र पिसावमार्फत बाहिर पठाउन मद्दत गर्दछ । अर्थात पाचन प्रणालीलाई सक्रिय बनाउन मद्दत गर्छ । सन् २०१२ मा आहारविद्हरुले गरेको एक अध्ययनका अनुसार पेटभरी खाना खाइसकेपछि ताजा र तातो अदुवाको रस सेवन गर्नेहरुले अन्यको तुलनामा खाना पचाउन कुनै समस्या नभएको बताएका थिए ।  तर, वास्तविकता के हो भने चियामै दालचिनी, अदुवा र मह मिसाएर किन खाने त ? जसरी खाए पनि अदुवा र दालचिनीले उहि काम गर्छ ।

 

तर यी सबै चीज खान सबैभन्दा उपर्युक्त माध्यम चिया प्रभावकारी हुन सक्छ । किनभने गुलियोको लागि आवश्यकता अनुसार महको प्रयोग गर्न सकिन्छ । महमा अदुवा मिसाएर पिउनाले घाँटीमा आउने समस्या जस्तै खोकीलाई फाइदा पुग्छ र यसले तपाँइको स्वरलाई ताजा बनाइराख्न मद्दत गर्छ । 

 

कसरी बनाउने त मोटोपन घटाउने तातो र मिठो चिया ?

यी तीन चीज हामीले घरमा सजिलै पाउन सक्छौँ । साथै चिया बनाउन सजिलो पनि छ । सुरुमा स्वादअनुसार दालचिनीलाई मसिनो गरी धुलो बनाउनुस् । त्यसपछि दालचिनी र अदुवालाई पानीमा करिव २० मिनेट उमाल्नुहोस् ताकी यसको स्वाद विस्तारै पाकेर तेजिलो होस् । यसरी उमालेको पानीलाई एकहप्ता वा आवश्यकता अनुसार उमालेर सेलाएपछि ठूलो भाँडोमा फ्रिज वा अन्य ठाँउमा राख्नुहोस् ।

 

अब त्यसलाई आवश्यकता अनुसार कुनैपनि समयमा झिकेर पाँच मिनेट उमालेर त्यसमा स्वादअनुसार मह मिसाई पिउन सक्नुहुन्छ । आरोग्य विशेषज्ञ अब्दुल्लाका अनुसार तीनै चीजको मिश्रणबाट बनेको चियाको स्वाद एकचोटी पिएपछि अर्को कप पिउन मानिसहरु आतँुर हुन्छन् । उनले भनिन् –‘यसको स्वाद यति मिठो र प्राकतिक हुन्छ कि हतपत मानिसहरु भुल्न सक्दैनन् ।’ 

 

उनका अनुसार यस चियाको विशेषता मोटोपन नियन्त्रण गर्नेमात्रै नभई थकानलाई भगाउने र शरीरमा ताजापन र स्फुर्तता ल्याउंछ । यसरी बनाएको चिया गुलियोमात्र नभई मन्द पिरोसमेत हुने गर्दछ ।  तपाँईले यस चिया. करिव एक हप्ता सेवन गरेपछि आफै परिवर्तनको महशुस गर्न सक्नुहुनेछ । 


एजेन्सी/ हेल्थ डटकमको सहयोगमा


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको