आजबाट दशौं संस्करणको आइपिएल सुरु, उद्घाटन खेलमा बैंग्लोर र हैदरावाद भिड्दै
बुधबार, २३ चैत २०७३

आजदेखि इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट सुरु हुँदैछ । सन् २००८ देखि सुरु भएको प्रतियोगिताको यो दशौं संस्करण हो । बुधबारदेखि सुरु हुने प्रतियोगिता डेढ महिना (अप्रिल ५ देखि मे ८ सम्म) सम्म सञ्चालन हुनेछ । प्रतियोगिताभर आठ टोलीले ६० वटा खेल खेल्नेछन्।
आइपीएलमा सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोर, दिल्ली डियरडेभिल्स, किंग्स इलाभेन पञ्जाब, कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स, राइजिङ पुणे सुपरजाइन्टस र गुजरात लायन्स गरी ८ टिमको सहभागिता रहेको छ ।
उद्घाटन खेलमा बैंग्लोर र हैदरावाद भिड्दै
प्रतियोगिताको उद्घाटन खेलमा बुधबार राति सवा ८ बजे हैदराबादमा साबिक विजेता सनराइजर्स हैदरावादले उपविजेता रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्नेछ । उद्घाटन खेलमा बैंग्लोर विराट कोहली बिना मैदान उत्रने छ । हैदरावाद भने डेविड वार्नरको कप्तानीमा मैदान उत्रिने छ । बैंग्लोरको कप्तानी सेन वाट्सनले गर्ने छन् ।
हैदरावाद र बैंग्लोरबिच अहिलेसम्म ९ खेल भएका छन्, जसमा पाँच खेलमा हैदरावाद र चार खेलमा बैंग्लोर विजयी भएको छ । गएको सिजन हैदरावाद दुई तथा बैंग्लोर एक खेलमा विजयी भएको थियो ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्