विमानस्थलका कर्मचारीको घिनलाग्दो कर्तुत पर्दाफास : एक रात बिताए मात्र दुबई जाने दिने (भिडियोसहित)
बुधबार, २३ चैत २०७३

काठमाडौं । हिजो आज भिजिट भिषामा विदेश गएर रोगजारी खोज्नेको संख्या बढेको छ । विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीहरुलाईसँग मिली दलालहरुले मानिसलाई भिजिट भिषामा दुबई पठाउने गर्छन् ।
प्रहरी र अध्यागमनका कर्मचारीहरुको सेटिङ नभए दुबई घुम्न जाने पर्यटकहरुलाई पनि विमानस्थलमै रोकिन्छ । काठमाडौं स्थायी घर भएका मोडलिङ गर्ने एउटा युवती घुम्न दुबई जाँदै थिईन् ।
सबै तयारीका साथ विमानस्थल पुगेकी युवतीलाई अध्यागन कर्मचारीले दुबई जान दिएन्न । आफूलाई किन रोकेको भनि युवतीले बुझ्दै जाँदा रोक्नुको त छुट्टै कारण रहेछ ।
यसरी दुबई जाने युवतीहरुलाई रोकेर आफ्नो च्यानलमा फसाउने रहेछन् कर्मचारीहरु । त्यसरी नै युवतीको सम्पर्कमा आए विमानस्थलमा खटिएका प्रहरी मोहन बस्याल ।
आफूलाई अध्यागमनको कर्मचारी भन्ने बस्यालले ६० हजार रुपैयाँ दिए वा एक रात आफूसँग बिताए दुवई जान नरोकिने बताए । युवतीलाई यस्तो प्रस्ताव आएपछि उनी हाम्रो कार्यालय आईपुगिन् ।
वस्यालले आफ्नो मोवाईल नम्वरबाट युवतीलाई म्यासेज पठाउँदै डिस्काउन्ट अफर गरेका रहेछन् । ५० हजार रुपैयाँ र एक रात आफूसँग सुत्न गेष्टहाउस जान अफर गरिएको रहेछ । युवती हाम्रो सम्पर्कमा आएपछि हामीले उनलाई वस्याललाई प्रस्ताव स्विकार्न लगायौं ।
वस्यालले युवतीलाई बसुन्धारास्थित आफ्नो घरमा बोलाए । युवतीसँगै हाम्रो टिम बसुन्धारा पुग्यो ।
युवतीले घरमा जान नमानेपछि वस्यालले नजिकैको रेष्टुरेन्टमा लगे । युवतीले पटक–पटक दुबई पठाउन को–को कर्मचारीहरु संलग्न हुन्छन् भनि सोधे पनि उनले विस्तारै बताउने प्रतिवद्धता गरे ।
आफ्नो पहिचान लुकाएका वस्यालले अध्यागमनका १२ जना कर्मचारी आफ्नो च्यानलमा रहेको बताए । एक घण्टा लामो उक्त भेटमा वस्यालले आफूसँग वा एक अर्को व्यक्तिसँग रात विताउन प्रस्ताव गरे ।
युवतीले पटक–पटक अर्काेको व्यक्ति भनि प्रश्न गर्दा पनि उनले अर्काे कर्मचारीको नाम बताएनन् । वस्यालले आफू विस्तारै त्यो बताउने भन्दै युवतीलाई विदा गरे ।
घर गएपनि वस्यालले पुन युवतीलाई आफ्नो अर्काे नम्वरबाट म्यासेज पठाउँदै भोली २ बजे भेट्न आग्रह गरे । साथै स्विमिङ गरेर गेष्ट हाउस जानुपर्ने भएकाले स्विमिङ कस्टम शुद्ध ल्याउन आग्रह गरे ।
- news24 बाट
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्