'सोसल मिडियामा व्यस्त युवालाई राजनीति बुझाउन सकिएन'

बुधबार, २३ चैत २०७३

 

काठमाडौं – ‘नयाँ नेपाल निर्माणमाका लागि स्थानीय निकार्यमा युवाको उपस्थिति अनिवार्य हुनुपर्छ', कांग्रेस नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले सुनाए। कुनै बेलाका नेविसंघको नेतृत्व गरेका निधिले वर्तमानका युवाको प्रवृत्ति केलाउँदै थपे, 'अहिलेका युवामा राजनीतिबारे सामान्य ज्ञानसमेत छैन। सोसल मिडियामा व्यस्त उनीहरुलाई राजनीति बुझाउन गाह्रो भयो।'

 

पुरानो पुस्ताले राजनीतिक विचार र अवसरको हस्तान्तरण युवालाई गर्न नसकेको भन्दै निधिले थपे, 'लोकतन्त्र र विकास एक अर्काका पर्यायवाची हुन्। यसबारे सोसल मिडियामा व्यस्त युवालाई बुझाउन सकिएको छैन।’

 

युवा मतदाता जागरण अभियानले बुधबार राजधानीमा आयोजना गरेका कार्यक्रममा उनले स्थानीय निकायको निर्वाचनमा प्रत्यक्ष सहभागी हुन युवा वर्गलाई अाह्‌वान गरे। ‘देशको कुल जनसंख्यामध्ये ४२ प्रतिशत प्रतिनिधित्व युवाले गरिरहेका छन्। उनीहरुले राजनीतिमा रुचि नराखेसम्म देश विकासको योजना निर्माण गर्न सकिन्न।'

 

अहिलेका युवा राजनीतिबारे सामान्य ज्ञानसमेत राख्न नचाहेको भन्दै गृहमन्त्रीले भने, 'युवा किन राजनीतिमा आउन चाहँदैनन्? जवाफ सामान्य छ- पार्टीहरुले युवालाई राजनीतिमा आकर्षित गर्न सकेका छैनन्।'  नेविसंघका पूर्वअध्यक्ष समेत रहेका उनले युवाहरुलाई राजनीतिबारे सामान्य ज्ञान राख्न आग्रह गरे।

 

पुरानो पुस्ताले राजनीतिक विचार र अवसरको हस्तान्तरण युवालाई गर्न नसकेको भन्दै निधिले थपे, 'लोकतन्त्र र विकास एक अर्काका पर्यायवाची हुन्। यसबारे सोसल मिडियामा व्यस्त युवालाई बुझाउन सकिएको छैन।’

 

एक अर्को प्रसङ्गमा संविधान संशोधन गरेर निर्वाचन सम्पन्न गर्न एमालेले समस्या निम्त्याइरहेको उनको भनाइ थियो। ‘मिलेसम्म एकै पटकमा निर्वाचन हुन्छ। अन्यथा मधेसी मोर्चाको सहमतिमा संविधान संशोधन गरेर २०७४ सालभित्र दुई चरणमा निर्वाचन हुन्छ।'

 

कार्यक्रमका अर्का वक्ता स्वास्थ्यमन्त्री एवं कांग्रेस नेता गगनकुमार थापाले विकास निर्माणका नाममा परम्परा एवं सम्पदा भत्काएर देश उभो नलाग्ने जनाए। १६ देखि ४० वर्षका युवा मुलुकमा ४२ प्रतिशत रहेको तथ्याङ्क पेश गर्दै उनले स्थानीय निर्वाचनमा प्रत्यक्ष सहभागी हुन युवालाई आह्वान गरे।

 

काठमाडौंका सांसदसमेत रहेका उनले उपत्यकाको मौलिक संस्कृति विकास निर्माणका नाउँमा मार्न नहुने बताए। ‘काठमाडौं देशभरिका मान्छे बस्ने शहर भएपनि यसको स्थानीय मौलिकता र संस्कृति छन्। त्यो संस्कृति जोगाएर आधुनिक शहर निर्माण गर्न सकिन्छ', स्वास्थ्यमन्त्री थापाले भने।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको