५.९ रेक्टर स्केलको भूकम्प
शनिबार, २६ चैत २०७३

एजेन्सी,चैत २६– फिलिपिन्समा भूकम्प गएको छ । स्थानीय समयअनुसार शनिबार बिहान ३ बजेर ८ मिनेट जाँदा ५.९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (युएसजीएस)ले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पको केन्द्रबिन्दू मिन्डोरो प्रान्तमा ४२ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जनाएको छ ।
भूकम्पको धक्का राजधानी मनिलासहित वातांगस, मिन्डोरो र कालापानका अधिकांश इलाकामा महसुस गरिएको थियो ।
भूकम्पका कारण कुनै मानवीय वा भौतिक संरचनाको क्षति भएको खबर प्राप्त भएको छैन । तर, लुजोन टापुमा भूकम्पपछि विद्युत् प्रसारणमा अवरुद्धता आएको बताइएको छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्