एमालेको समर्थनमा नयाँ विधेयक ल्याएका हौँ : कानून मन्त्री

आइतबार, २७ चैत २०७३

काठमाडौं,  । कानूनमन्त्री अजयशंकर नायकले एमाले र मधेसी मोर्चाको सहमतिमा सरकारले संविधान संशोधनको नयाँ विधेयक तयार पारेको दाबी गरेका छन् । 

 

 

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै मन्त्री नायकले भने, ‘सहमति खोज्नका लागि सरकार तयार छ ।

 

 

प्रयास पनि भइरहेको छ । एमाले र मधेसी मोर्चासँगको सहमतिमा संविधान संशोधनको नयाँ विधेयक ल्याएका छौँ ।’ उनका अनुसार नयाँ विधेयकमा सीमाङ्कनको विषय थाँती राखिएको छ ।

 

 

एमालेले सीमाङ्कनको विषय थाँती राखेर तत्काल अन्य कुरामा सहमति गर्न सकिने संकेत गरेपछि सरकारले सोहीअनुसारको तयारी गरेको थियो ।

 

 

एमालेका नेता केशव बडालले सरकारले ल्याएको भनिएको संविधान संशोधनको नयाँ संशोधनका विषयमा आफूहरूलाई कुनै जानकारी नरहेको बताए ।

 

 

उनले भने, ‘सरकारले कस्तो विधेयक ल्याएको छ हामीलाई थाहा छैन । विधेयक संसदमा दर्ता भएर हेर्न पायौँ भने बल्ल प्रतिक्रिया दिने छौँ ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको