मिनिट्रक दुर्घटनामा चालक र गाडी धनीको मृत्यु, दुई घाइते

आइतबार, २७ चैत २०७३

 

नुवाकोटः नुवाकोटको पुर्वी भेगमा रहेको ककनीमा आइतबार बिहान कुखुरा बोकेको मिनिट्रक दुर्घटना हुँदा गाडीधनी र चालकको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

 

 

सदरमुकाम विदुरदेखि ३८ किलोमिटर दुरीमा रहेको पासाङल्हामु मार्गकोबीचमा रहेको ककनी गाँउपालिका वडा नं ४ हाकुले स्थिते त्रिशूली-काठमाडौ सडकखण्डमा कुखुरा बोकेको बा २ ख ४२५१ नं.को आइचर मिनिट्रक आइतबार बिहान पौने तीन बजे दुर्घटना हुुँदा गाडीधनी बेलकोटगढी नगरपालिका वडा नं. २ का २७ वर्षीय सुधन न्यौपाने र चालक सोही स्थानका २४ वर्षीय महेन्द्र पुडासैनीको मृत्यु भएको प्रहरी चौकी ककनीका प्रहरी निरीक्षक कैलाश भट्टराइले जानकारी दिनुभयो ।

 

 

रातीको समयमा कुखुरा बोकेर काठमाडौ जाँदै गरेको सो गाडी आफै अनियन्त्रित भई सडकबाट दुई सय मिटर भीरमा खसेर दुर्घटना भएको भट्टराइले बताउनुभयो ।े मिनिट्रक दुर्घटनामा बेलकोटगढी नगरपालिका वडा नं. २ कुमरीका २५ वर्षीय राममणी न्यौपाने र सोही स्थानका २३ वर्षीय श्रीकृष्ण न्यौपाने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

 

 

उनीहरुको काठमाडौं ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गाडीमा चालक सहित चार जना सवार थिए । दुर्घटनामा उक्त गाडीमा रहेको दुई लाख रुपैया बराबरको कुखुरा मरेर नष्ट भएको छ भने गाडी पनि पुर्ण रुपमा क्षति भएको नुवाकोट प्रहरीले जनाएको छ । घटनालगत्तै स्थानीयवासी र प्रहरी घाइतेको उद्धार गरेका थिए ।

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको