सिमांकन थाती राखी सरकारले नयाँ संशोधन प्रस्ताव संसदमा पेश गर्ने
आइतबार, २७ चैत २०७३

काठमाडौं । सरकारले गत मंसिरमा संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिइ नयाँ प्रस्ताव गर्दा गराउने तयारी गरेको छ।
आइतबार बस्ने मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पमल दाहालले नयाँ प्रस्ताव पेश गर्ने बताएको छ। सरकारले सिमांकनलाई फिर्ता लिइ नयाँ प्रस्तावमा संविधानको धारा २७४ संशोधन गर्ने, नागरिकता, भाषा र राष्ट्रिय सभा गठनमा गाउँपालिका र नगरपालिका प्रमुख र उप्रमुखको मताधिकार कटौती गर्ने गरी प्रस्ताव तयार पारेको हो।
नयाँ प्रस्तावमा सिंमाकंनका विषयको विषय भने संघीय आयोगलाई जिम्मा दिने उल्लेख छ। संविधानको धारा २७४ संशोधन गरी सिमांकनको विवाद मिलाउन संविधानमा स्थायी संघीय आयोग गठन गर्ने प्रस्ताव तयार पारिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। आज बस्ने मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले नयाँ संशोधन प्रस्ताव पेश गर्ने बताइएको छ।
नयाँ प्रस्तावमा संविधानको धारा २७४ संशोधन गर्ने, नागरिकता, भाषा र राष्ट्रिय सभा गठनमा गाउँपालिका र नगरपालिका प्रमुख र उप्रमुखको मताधिकार कटौती गर्ने गरी प्रस्ताव तयार पारेको हो।
सरकारले तयार पारेको प्रस्तावप्रति मधेसी मोर्चाले सकारात्मक टिप्पणी गरेको छ। ‘सरकारले तयार पारेको भनिएको प्रस्ताव संसदबाट अनुमोदन भए हामी घोषित मितिमा निर्वाचनमा सहभागी हुन तयार छौं,’ मोर्चाका नेता केशव झाले भने, ‘प्रस्ताव तयार हुने र पारित नहुने हो भने त्यसको कुनै अर्थ छैन।’
प्रधानमन्त्रीले शनिबार राजधानमा आयोजित एक कार्यक्रममा मधेसी मोर्चा र प्रमुख प्रतिपक्ष एमालेलाईसमेत स्वीकार्य हुने गरी संविधानको अर्को संशोधन विधेयक ल्याउने तयारी गरेको बताएका थिए। प्रधानमन्त्रीले संविधान संशोधनपछि तीनै तहको निर्वाचन सम्पन्न गर्न सहज हुने बताउँदै आएका छन्।
सोही विषयमा प्रधानमन्त्री दाहालले शुक्रबार एमाले अध्यक्ष केपी ओलीसँग परामर्श गरेका थिए। सिमांकनलाई थाँती राखेर बाँकी विषयमा संविधान संशोधन गर्न प्रधानमन्त्रीले ओलीलाई आग्रह गरेका थिए।
प्रधानमन्त्रीको प्रस्तावमा ओली लचिलो भएका थिए। प्रधानमन्त्रीले संविधान संशोधन प्रस्तावलाई राष्ट्रिय एकताको पक्षमा दस्तावेज हुने बताएका थिए।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्