कपिलबस्तुको सितलापुरमा आगलागी, ५७ घर नष्ट
बुधबार, ३० चैत २०७३

, कपिलबस्तु । कपिलवस्तुकोे शिवराज नगरपालिका-११ सितलापुरमा आगलागी भएको छ ।
मन्नु पासिको घरबाट बुधबार सुरु भएको आगाेले अहिलेसम्म ५७ घर नष्ट भएको त्यहाँबाट सनिउल्ला धोबीले जानकारी दिएकाछन् । बिहान ११ बजेदेखि आगलागि सुरु भएको थियो ।
आगलागी भएको स्थानमा कृष्णनगर नगरपालिकाको दमकल पुगेको छ । आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्