चुरे वन क्षेत्रमा भीषण डढेलो
बुधबार, ३० चैत २०७३

सिन्धुली, चैत ३० । सिन्धुली, धनुषा, महोतरी र सर्लाही जिल्लाको सीमा क्षेत्रमा अवस्थित चुरे वन क्षेत्रमा तीन दिनदेखि लागेको भीषण डढेलो निभाउने प्रयास नहुँदा चुरे वन क्षेत्रका वन्यजन्तु, चराचुरुंगी, वनस्पति र वन सम्पदाको विनास भएको छ ।
चुरे वन शृंखलाका सरकारी तथा सामुदायिक वनहरुमा लागेको डढेलो नियन्त्रण गर्न जिल्ला वन कार्यालयहरु, सामुदायिक वन तथा सरकारी सुरक्षा निकायले कुनै प्रयास नगर्दा चुरे पहाडका वन, वनस्पति, वन्यजन्तु र जैविक विविधताकोसमेत विनास भएको हो ।
साल जातको काठको भन्डार मानिने चुरे पहाडमा लागेको डढेलो नियन्त्रण गर्नका लागि त्यस आसपास रहेका सामुदायिक वन उपभोक्ता समूहहरु, जिल्ला वन कार्यालय र मातहतका इलाका, सेक्टर वन कार्यालयहरुलेसमेत प्रभावकारी ढंगले काम नगर्दा डढेलो फैलनेक्रम जारी छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्