बच्चामा हुने पिसाव संक्रमणले मिर्गौलासमेत बिग्रन सक्छ

बुधबार, ३० चैत २०७३

 

काठमाण्डौ । रोग प्रतिरोधात्मक क्षमता कम र सहजै वातवरणमा समायोजन हुन गाह्रो पर्ने भएकाले पनि बच्चाको उमेरलाई जटिल उमेरावस्था पनि भन्ने गरिन्छ । बच्चामा देखिने धेरै समस्यामध्ये पिसाबको इन्फेक्सन पनि एक हो ।

 

विशेषगरी बच्चालाई पिसावको संक्रमण (इनफेक्सन) किन हुन्छ ? यसबाट बालबच्चलाई कसरी जोगाउने ? बालरोग विशेषज्ञ डाक्टर विवेक तोदीका सुझाव यस्ता छन्: बच्चामा पिसाबको इन्फेक्सन पटक पटक देखिने समस्या हो । पिसाब इन्फेक्सन भएको कति अभिभावकले त थाहै पाउँदैनन् ।

 

कतिपयले थाहा पाएपनि हेलचेक्रार्इं गर्छन् ।  तर, हेर्दा सामान्य लागेपनि यसको बेलैमा उपचार गरिएन भने मिर्गौला बिग्रने लगायतका गम्भीर प्रकृतिका रोग लाग्न सक्छन् । पिसाब पहेँलो देख्दैमा वा पोल्दैमा इन्फेक्सन हुन्छ भन्ने छैन । यो त विशेष ल्यावमा विशेषज्ञद्धारा परीक्षण गरेपछि मात्र थाहा हुन्छ । 

 

पिसाव इन्फेक्सन हुने प्रमुख कारणः

१.बालिकाको दिसा धुँदा हात पछाडीबाट अगाडी लानु ।

२.बालकको लिंगको टुप्पोको मासु पछाडी फर्कीएको हुनु ।

३.बनावटी कारण (पुरुष वा महिलाको जस्तो स्पष्ट  लिंग नछुटिनु )

४.५–७ वर्षको उमेर हुँदा पनि ओछ्यानमा पिसाब फेर्नु ।

५ वंशाणुगत गुण ।

इन्फेक्सनका लक्षण 

१.जरो आउने ।

२.पिसाब छिटो छिटो, थोरै थोरै गर्ने ।

३.बान्ता हुने  ।

४.पखाला लाग्ने ।

५.पेट दुख्ने । (सानो बच्चाहरु मडारिएर रुने)

६.बुझ्ने बच्चा भए पिसाब पोल्यो भन्ने । 

इन्फेक्सनबाट बचाउने उपाय:

१.बालिकाको दिसा वा पिसाब धुँदा हात अगाडिबाट पछाडीतिर लैजाने ।

२.बालकको लिंगको टुप्पोको छाला पछाडी फर्किएको छ भने, चिकित्सकको सल्लाहमा बिस्तारै अगाडी ल्याउने प्रयत्न गर्ने ।

३.बच्चाको गुप्तांग सधै सफा राख्ने ।

४.संभव भएसम्म ड्राइपर धेरै नलगाउने । यदि लगाए पनि पिसाब फेरेको लामो समयसम्म नराख्ने ।

५.बच्चाको तल लगाइदिने लुगा एक पटक पिसाब फेरेपछि धोएर मात्र लगाइदिने ।

६.जथाभावी औषधिको प्रयोग नगर्ने ।

७.सफा पानी प्रशस्त पिलाउनुको साथै स्वस्थ खाना खुवाउने ।

माथिका कुनै पनि लक्षण देखिए तुरुन्त चिकित्सककोमा लैजानु पर्छ । बेलैमा साबधानी नअपनाए पिसाब थैलीमा समस्या आई अन्य जटिल रोग निम्तन सक्छ , त्यसतर्फ अभिभावक चनाखो नरहे पछुताउनु बाहेक कुनै विकल्प रहँदैन ।
 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको