बैदेशिक रोजगारमा कामदार पठाउने इजाजत नदिन सरकारलाई निर्देशन
बिहिबार, ३१ चैत २०७३

काठमाणडौँ । बैदेशिक रोजगार कम्पनीहरुलाई कामदार पठाउने इजाजत नदिन सरकारलाई निर्देशन दिएको छ । व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको विहीबार बसेको बैठकपछि यस्तो निर्देशन दिईएको हो ।
बैठकले संघीय ढाँचा अनुसारको कानुन निर्माण नभएसम्म बैदेशिक रोजगार कम्पनीहरुलाई कामदार पठाउने इजाजत नदिन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले बैदेशिक रोजगारीमा जाने कामदारमाथि ठगी गर्ने बैदेशिक रोजगार कम्पनीहरुलाई कार्वाही गरी त्यसको विवरण ३ महिना भित्र समितिमा पेश गर्न पनि सरकारलाई सचेत गराएको छ ।
बैदेशिक रोजगारीमा जानेहरुमाथि बैदेशिक रोजगार कम्पनीहरुले ठगि गरिरहेकाले कार्वाही गर्न सरकारलाई निर्देशन दिइएको समितिका सभापति प्रभु साहले जानकारी दिएका छन् ।
समितिले बैदेशिक रोजगारीमा जानेहरुलाई बैदेशिक रोजगार कम्पनीहरुले अभिमूखिकरण तालिम दिए÷नदिएको कडा निगरानी गर्न पनि सरकारलाई भनेको छ । बैठकले अदालतले फैसला गरेका बाहेकका बैदेशिक रोजगार कम्पनीलाई कामदार पठाउने इजाजत नदिन पनि सरकारलाई पुन सचेत गराएको छ ।
समितिको बैठकमा बोल्दै श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले आफूले नेपाली कामदारहरुको हितलाई उच्च प्राथमिकता दिएको बताए । उनले नेपाली कामदारले विदेशमा पीडा भोग्नु नपरोस् भन्ने कुरामा सरकार सचेत रहेको पनि बताए ।
- by dc nepal .com
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्