झाडापखालाले सतायो ? यसरी अपनाउनुहोस सावधानी....

शनिबार, ०२ बैशाख २०७४

 

काठमाडौ । झाडापखाला रोगको प्रकोप गर्मी मोसममा मात्र होइन अन्य मौसममा पनि देखिने गर्छ । यो रोग सरुवा रोग भएकाले छिटै अन्य मानिसहरूमा पनि पैmलिन सक्छ । त्यसैले झाडापखालाबाट कसरी बच्न सकिन्छ त्यसतर्पm ध्यानदिनु अत्यन्तै जरुरी छ । त्यसैले झाडापखाला लाग्नबाट बच्न र बचाउन निम्न उपायहरू अपनाउन जरुरी छ ।

 

खानेपानी राम्ररी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने ।

 

खानेपानीको मुहान सफा राख्ने ।

 

मूहानमा पोहोर पानी र वस्तु मिसिन नदिने ।

 

खानेपानी शुद्धिकरण गर्न आवश्यक मात्रामा क्लोरीन, ब्लिचिङ पाउडर वा निर्मल चक्की वा वाटर गार्डको प्रयोग गर्ने ।

 

खाना खानुअघि, दिसा गरिसकेपछि, फोहोरमैला छोएपछि बच्चाको दिसापिसाब धोएपछि साबुनपानीले ३ मिनेटसम्म मिचिमिचि धुने गरौं ।

 

बासी सडेगलेको, झिँगा बसेको र खुल्ला रूपमा राखिएका खानेकुरा नखाने । घरआ“गन, चोक, गल्लि सफा राख्ने ।

 

सफा र ताजा खानेकुरा पर्याप्त मात्रामा खाने ।

 

खानेकुरा राम्ररी पकाएर मात्र खाने । का“चै खाइने खानेकुरालाइृ राम्रोस“ग सफा पानीले धोएर मात्र खाने ।

 

मरेका पशु, पक्षी, माछा नखाने ।

 

घरमा पानी राख्ने भा“डा सफा राख्ने, पिउने पानीलाई सधैं छोपेर राख्ने ।

 

बच्चा जन्मेको १ महिना देखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउने ।

 

बच्चा जन्मेको ६ महिना पुगेपछि थप पोषिलो ताजा खानेकुराहरू खुवाउने ।

 

झाडापखाला लागिहालेमा के गर्ने ?

झाडापखाला लागेपछि शरीरमा पानीको मात्रा कम हुनेभएकाले त्यतिकै अनुपातमा पुनर्जलीय झोल बनाएर रोगीलाई  खुवाइरहनु पर्छ ।

 

झाडापखालाले समयमै ठीक नभएमा महामारीकै रूपलिन सक्ने भएकाले लाग्ने बित्तिकै तुरुन्त स्वास्थ्य संस्थाका लागि स्वास्थ्यकर्मीस“ग परामर्श लिई उपचार गर्ने ।

 

घरमै उपलब्ध हुनसक्ने खानेकुराहरू जस्तै भातको मात्र झोलपदार्थ, दाल गेडागुडी साथै तरकार तथा फलपूmलको रस प्रशस्त मात्रामा खाने–खुवाउने ।

 

स्तनपान गरी रहेका बच्चालाई झाडापखाला लागेमा पटक–पटक (साविकभन्दा बढि) स्तनपान गराउने ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको