बाध्यता र रहरको दोभानमा उभिएर

आइतबार, ०३ बैशाख २०७४

 

सपनाहरू  पुरा हुन्छन् या त सपना सपनामै सिमित हुन्छन् धेरै समयपछि याे कुराकाे उतर खाेजीरहेकाे छु । यहि कुराकाे उतर खाेज्दा खाेज्दै अाज सात समुन्द्र पारी हान्नीएकाे छु । थाह छैन किन हान्नीएकाे छु ? कि मलार्इ यहाँ मेरा सपनाहरूले मात्रै यहाँ ल्याएका हुन ? बडाे गजबकाे अनुतरीत प्रश्न मनमा खेलिरहेकाे छ । मनमा इच्छा र रहरका अपिसैपालहरू पनि छन । बाध्यताका सगरमाथाहरू पनि छन । यिनै बाध्यता र रहरहरूकाे उकाँलाे उक्लीरहेकाे छु । 

 

केहि कहर केहि रहरको बाटो पछ्याउँदै भर्खरै कोरिया प्रस्थान गरेको छु । थाह छैन किन प्रस्थान गरेकाे छु अनबिज्ञ छु । मान्छेहरू काेरीया पुग्नु सपना ठान्छन सायद त्यहि सपनाकाे छालले हाेला मलार्इ पनि हुत्यार्इ दिएकाे छ सात समुन्द्र पारीकाे मुलुक काेरीया पुगेकाे छु ।

 

हाल नेपालमा कोरियाप्रती बढ्दो लहर देखि लालायित नहुने मान्छे बिरलै होलान् । त्यहि लहरले मलाइ पनि छाेएकाे छ । धेरै समयकाे अथक मेहनत पछि भनाैँ मेराे काेरिया जाने रहर पुरा भएकाे छ ।  चाहे नेपालको जस्तोसुकै ब्यक्ती होस बड्दो बेरोजगारी कारण थोरै लागानी मा धेरै आम्दानीको आशा देखेर एक पटक कोशिश गरि हेरौं न भन्ने मनशायले जो कोहि पनि सजिलै प्रभावित भैहाल्छ्न र हरेक बर्षमा इ पि स मार्फत कोरियाको माग अनुसार नेपालले पाउने सिमित कोटामा भाषा परिक्षामा उतिर्ण भइ कोरिया भित्रीने क्रम जारीनै छ ।  अझ भन्नुपर्दा यो भाषामा पास गर्न यसरी कडा मेहनत गरिन्छ कि नेपालीको कुनै पनि लोकसेवा आयोगको तहमा गरिने अध्ययन र तयारी भन्दा कम रहदैन ।

 

दुई तीन बर्षको कडा अध्ययन र साधन पछि बल्ल तल्ल भाषामा नाम निस्कियो । तथापी भाषामा उतिर्ण हुँदैमा कोरिया जाने ग्यारेन्टी होईन  । यस पछि पनि विभिन्न प्रक्रियाहरु पूरा भइ यदि कोरियामा कम्पनीलाई बिदेशि कामदारको आबस्यक रहेको खण्डमा मात्र साहुको रोजाईमा पर्न सक्छ भने मात्रै योग्य र सफल कामदार ठहरिन्छ एउटा झिनाे सपना त्यो पनि श्री पशुपतिनाथको कृपाले पुरा भयो ।

 

रातो टोपी र कालो ज्याकेट सबैको परिरहन छ पोशाक हेर्दा यस्तो लाग्यो हामी नेपाली राजदुत हौ या अफिसीयल कामको मान्छे कुनै निश्चित समयका लागि मिशनमा जादैछौ र फर्किनेछौ आफ्नो मिशन पूरा गरेर बिजय पथको नाराको साथमा समय थोरै थियो साथीहरू इम्रीगेशनमा पुगिसकेका रहेछन उनीहरुको लकेज चेकिङ भैरहेको रहेछ उता क्याप्टन किरण बन्झाडे दाइ कराउँदै हुनुहुन्थ्यो सबैभन्दा ढिलो पुगेछु सायद म तै पनि छिटै पुगेकाे अनुभुति हुँदै थियाे । कति अाफन्तहरूलार्इ भेटन भ्याइ नभ्याइ  थियाे ।

 

यता बिदाई गर्न आउँनु भएको परिवार आफन्तजन र साथीभाइहरूका आँखा फुलमाला र खादा अर्पण नगर्दै रसाइसकेका छ्न । अब एकछिन पछि के के हुने हो ? अवस्य पनि बिदाइका हातहरु हल्लिन सुरु हुनेछन नचाहेर पनि ? मन थामी नसक्नु भा छ  आफुलाइ खुब समाल्ने कोशीसमा गरीरहेकाेछु तर  मन न हो कस्ले रोक्न सक्थ्यो र अाफ्नाे प्राण प्याराे मातृभुमी छाेडदा झरे एकहुल बर्षा  झरी पग्लियो भारी मनको बह, अाँखाकाे भार थाम्नै सकिन ।


उता बाट मुखतिर क्यामरा तेर्सिएको छ साथीहरूकाे माेवाइले पनि भ्याइ नभ्याइ छ 
प्रश्न पनि छ 


 अहिले तपाईं आफ्नो देश छोडेर प्रबासी मजदुरका रुपमा कोरिया जाँदै हुनुहुन्छ यस्मा तपाईंलाई कस्तो लागिरहेछ ? प्रश्न गरीरहेका छन ,तर यो प्रश्न मलाई न्युज द्द्धय का पत्रकार मित्र कमोल प्रसाद दुलालले म कोरिया आउँनुपुर्ब त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा सोध्नुभएको प्रश्न थियो 
मैले मुटु दवाइ जवाफ दिएकाे थिँए 


मलाई थाेरै खुशी धेरै दुख लागिरहेको छ । बेराेजगारीेले गर्दा मातृभुमी छाेडनु पर्दा अप्ठयारै हुन्छ । यदी मुलुक समृद्ध भएकाे भए किन छाेडनु पर्थ्याे र नचाँअादा नचाहादै । 
किन,?
उहाँको प्रश्न एउटा थियो तर मैले त्यहा एकै चोटि दुइटा उत्तर दिए 
खुसि यश कारण लागिरहेको छ कि बर्सौ पछिको मेहनत र प्रयासपछि म कोरिया जादै छु तसर्थ मेरो ब्यतिगत र घरपरिवारको सपना पूरा भएको छ । अब थाेरै भएपनि सपना घर बनाउने छु ।


दुस्ख यस कारणले लागिरहेको छ स्वदेशमा कुनैपनि अबसर नपाएर हामी युवाहरूलाई बेरोजगारी का कारणले बाहिरीनुपरेको हो यो कहिले सम्म बेहाेर्नु पर्ने हाे ?
आफ्नो घर परिवार र देश सग छुट्टीनुको पिडा त छदै छ र पनि त्यहा गएर उचित काम पाउने होईन नेपालको डिग्री सर्टीफिकेट पनि आज बिदेशमा लिलाम बिक्रि भैरहेको छन यसकारण दुख लागिरहेकाे छ । समय छोटो र परिस्थिति असहजका कारण बोल्नै सकिन गाला अठियाे घाँटी अबरूद्ध भयाे ।

 

अहिले त्यो प्रश्नको पर्याप्त उत्तर यसरी सोचिरहेछु फुर्सदमा 

 

भनिन्छ जिबनमा सबैथोक पैसा हो ,यथार्थमा होईन रहेछ ,तर जिन्दगीमा पैसाको खाचो कसलाई पो नपर्ला र ? यसर्थ मान्छे पैसा कमाउनकै लागी बिदेशीन बाध्य भएको हो भन्ने भनाइ होईन । तरपनि जो जो मान्छे बिदेशीए ती मान्छेहरु बिदेशी भुमिमा त्यतिकै बसोबास गरेका पक्कै होइनन त्यहा आफुले केही कर्म गरेर कोहि अध्यन त कोहि ब्यबसाय संचालन गरेर छोटो समयमै केही पैसा आर्जन गरेर मात्रै स्वदेश फिर्ता हुनु उनिहरूकाे  पहिलो लक्ष्य नै हो, सायद । यस्तै यस्तै साेचीरहेछु ।

 

नेपालमा बड्दो बेरोजगारी र यथार्थ रोजेरोटी अभावका कारण देशको मेरुदण्ड प्रमुख युवा शक्तिआज खाडीमा होस विश्वका अन्य कुनैपनि मुलुकहरूमा दिनानुदिन बेचिन बाध्य छौ ।  यसप्रति बिगत सरकार नत बर्तमान सरकारलाई चासोको बिषय बनेको छ । यसको साटो उल्टो सरकारले लाखौंलाख युवाको योग्यता क्षमता र दक्षता लाइ लिलाममा निर्यात गरेर करोडौं रेमिटान्सको आयात तर्फ अपेक्षित गरीरहेको छ   एउटा युवक बिदेशी भुमिमा आफुले खुन बेचेर आफ्नो घरपरीवार लाई एक छाक नुनको जोहो गर्न बाहिरिन बाध्य भएको हुन्छ । यो सरकारलाई रेमिटान्स तिर्ने रहरले होईन। यदि रेमिट्यान्सले देश बन्ने सम्भावना थियो भने देश उहिल्यै बनिसकेको हुन्थ्यो ।

 

हामी नेपालीले बिदेशी भुमिमा पसिना चुहाइरहेको अहिलेदेखि कहाँ हो र ?  बरु यसको सदुपयोग र दुरुपयोग कता भैरहेकोे छ भन्ने तर्फ सरकारले ध्यानाकर्षण राख्न जरुरी छ । बिदेशमा हरेकले नेपालीले दिनमा पाउने पारिश्रमिक भन्दा दशौ गुणा आफ्नो पसिना रगरको मुल्य चुकाइ रहेको हुन्छ । अनि कसरी बन्छ देश ?  यस्तोअबस्थामा ? यदि उक्त पसिनाको सदुपयोग स्वदेशमै गर्ने सक्ने हो भने देश बन्न छण् बर्ष कुर्नुपर्दैन ।

 

हामी कामदारहरु लाई दिनमा छ हजार ज्याला दिएपनि आफुले दिनहुुँ छण् हजार बराबरको श्रम लुट्टिएको हुन्छ मिनेमा करोडौं उत्पादन र आमदानी हुने कम्पनीमा तदअनुसार कामदारले पनि मेसिनसगै चल्नुपर्छ ब्यस्त दिनचार्या का कारण समय यसरी बित्छ पत्तो रहदैन जब साझ परेको हुन्छ तब शरीरको पीडा र थकानले पसिना र श्रमको मुल्य मापन गर्छ त्यो कुरा जस्ले भोग्नुपरेका छ उसलाई थाहा हुन्छ ।

 

जसका कारण प्रबासी नेपाली कामदार विभिन्न रोग र मनसिक यानता को सिकार भै राखेका छ्न नहुनु पनि किन ?  झोलामा डिग्रीको सर्टीफेकेट र जुन सपनाहरू बोकेर प्रबास तिर लागिन्छ तर त्यहा ठिक उल्टो भैदिन्छ । यद्यपि जिन्दगीमा सोचाइ र भोगाइ तुलनात्मक फरक हुन्छ यस्तो अबस्थामा जो कोहि लाई मानसिक रोग र डिप्रेसन जस्ता समस्याहरु स्वत आइलाग्छ्न ।  खुब पछुतो लागिरहेको हुन्छ हामी युवाहरूलाई लाग्छ स्वदेशमै रोजेरोटीको उचित ब्यबस्था या व्यावसायिक सीपमुलक तालिम लगायतका अन्य विभिन्न क्षेत्रहरूमा युवा शक्तिको योग्यता दक्षता र क्षमतालाई स्वदेशमै लगानी गर्ने ठाँउको ब्यबस्थापन गर्न सकेजति जाती अरु केही केही हुने थिएन । 

 

- by kuse news

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको