करोडौं कुम्ल्याएर बैंकका प्रबन्धक फरार, सर्वसाधरण गुहार माग्दै सिआइबीको शरणमा
बुधबार, ०६ बैशाख २०७४

काठमाडौं, बैशाख ६—कैलाश विकास बैंकको लामाचौर शाखाका प्रवन्धक रवीचन्द्र खनाल बैंक र सर्वसाधारणको ठूलो रकम हिनामिना गरेर सम्पर्कविहीन भएका छन् ।
उनले बैंकका ग्राहकलाई उच्च व्याजदर दिने भन्दै प्रलोभनमा पारेर ठूलो रकम सापटी लिने तथा केही ग्राहकको पैसा डिपोजिट नगरी ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । त्यसबाहेक खनालले किर्ते हस्ताक्षर गरेर ठूला ग्राहक र सहकारीको रकम निकाल्ने गरेको पनि अनुमान गरिएको छ । खनाल करिब आठ करोड रुपैयाँ लिएर फरार भएको प्रहरीको अनुमान छ ।
बैंकमा जम्मा गर्न आएका ग्राहकको रकम डिपोजिट गरिदिएको भन्दै उनले ठग्ने गरेको प्रहरीको भनाइ छ । स्रोतका अनुसार, खनाल चैत ३१ गतेसम्म बैंकमा कार्यरत थिए । त्यसपछि लगातार दुई दिन बन्द भएपछि आइतबार मात्र कार्यालय खुलेको थियो ।
कार्यालय खुलेको दिन खनालकी पत्नी लक्ष्मी देवकोटा श्रीमानको खोजी गर्दै बैंक पुगेको र खनाल सम्पर्कमा नआएपछि बल्ल उनले ठगी गरेको आशंका गरिएको थियो ।बैंकले ठूलो रकम ठगी भएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) मा उजुरी गरेको छ । खनाल अमेरिका भिषा पाएका व्यक्ति हुन् आजको नागरिक दैनिकमा समाचार छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्