चार सय वर्षपछि आज बिहान ९ बजे क्षुद्र ग्रह पृथ्वीको नजिक आउँदै

बुधबार, ०६ बैशाख २०७४

 

एजेन्सी । अप्रिल १९ अर्थात आज बिहन लामो समयपछि एकटा ठूलो क्षुद्रग्रह पृथ्वी नजिक आउँदै छ।


यो ग्रह ४०० वर्षपछि पृथ्वीको नजिक आउन लागेको नासाले जनाएको छ। नेपाली समयअनुसार आज बिहान ९ बजेर ९ मिनेटमा उक्त ग्रह पृथ्वीको सबैभन्दा नजिक आउने छ। उक्त ग्रहको गति १,२०,८१६ किलोमिटर प्रतिघन्टाको हुनेछ।

नासाका अनुसार उक्त ग्रह पृथ्वीको करीब १८ लाख किलोमिटर दूरीमा सुरक्षित देखिने छ। यो नजिकै आएपनि पृथ्वीमा कुनै नोक्सान पुर्याउने छैन्।

यस क्षुद्रग्रहको आकार लगभग ६५० मिटरको रहेकाले सामान्य टेलिस्कोपले पनि सजिलै देख्न सकिने छ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको