हत्याको दृष्य फेसबुकमा लाइभ गर्ने व्यक्तिद्वारा आत्महत्या
बुधबार, ०६ बैशाख २०७४

अमेरिकाको क्लीभल्याण्डमा आफ्ननै हजुरबुबाको हत्या गरेको दृष्य फेसबुकमा प्रत्यक्ष (लाइभ) देखाउने व्यक्तिले आत्महत्या गरेका छन्।
हजुरबुबाको हत्या गरेसँगै प्रहरीले अनुसन्धान गरिरहेको समयमा स्टिभ स्टिफन्स नाम गरेका ति हत्याराले आफैंलाई गोली हानेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। गत आइतबार ३७ वर्षिय नाती स्टिफन्सले ७४ वर्षीय हजुरबुबा रोबर्ट गुडविनको हत्या गरेका थिए।
अरु १३ जनालाई पनि मार्ने चेतावनी दिएका स्टीफन्सले अर्को एक भिडियो पनि अपलोड गरेका थिए। गत मार्चमा एक व्यक्तिलाई १६ पटक गोली हानी मारिएको दृष्य पनि प्रत्यक्ष देखाइएको थियो।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्