मृर्गौला दिएर सन्ततिलाई पुनर्जीवन दिने आमाहरु
बुधबार, ०६ बैशाख २०७४

‘मलाई मेरी आमाले दोश्रो पटक जन्म दिनुभयो, नाङ्लेभारेकी २७ बर्षिय लक्ष्मी ढकालले आखाँमा आँशु छचल्काउदै भनिन् ‘मैले मेरै आमाबाट दोश्रोपटक जन्म लिएकी छु, ४ बर्षपछि पुन पहिलेकै जस्तो साहस बढेर आएको छ ।’ ढकालको मृर्गौलामा ४ बर्ष अगाडि समस्या देखिएको थियो । बिवाह बन्धनमा बाधिएको २ महिना नबित्दै मृर्गौला बिग्रीएको थाहा पाएकी उनलाई भर्खर सम्बन्धमा जोडिएका जिवनसाथीले कमजोर हुन दिएनन् ।
श्रीमान्को सल्लाह अनुशार औषधि सेवनले ठिक हुने आशामा आफ्नो पिडा न माइतीलाई भनिन् न त भर्खर जोडिएको परिवारलाई नै । १ बर्ष नियमित औषधि सेवन गरेपछि ठिक भएको महशुस गरिन् । तब औषधि बन्द खान रोकेकी रहेछन् । जसकारण १ बर्ष नबित्दै मृगौला पुर्ण रुपमा बिग्रीएर नियमित डायलसिस गर्नुपर्ने अवस्था आयो । यसअघि २ देखि निरन्तर घरमै बसेर डायलसिस गर्दै आएकी थिइन् । हाल उनकै ४८ बर्षिय आमा चन्द्रिका ढकालले मृगौला दिएर प्रत्यारोपण गरेकी छिन् । ढकालका श्रीमान २ बर्ष अघि रोजगारीका लागि कोरिया पुगेका छन् । ज्वाईले आफु आएर मृर्गौला दिने भनेपनि आफुनै अघि सरेर मृगौला दिने निर्णय गरेको आमा चन्द्रिकाले सुनाइन् ।
‘छोरीको त स्वास्थ्य बिग्रियो, अब ज्वाईको पनि जोखिममा पार्न मनले मानेन, उनले भनिन् ‘मेरो त उमेर नै भैसक्यो, अव काम गर्ने उमेर पनि सकिन लाग्यो, मेरो मृगौलाले छोरीको सिगंो जिवन बच्छ भने किन नदिने भनेर मैले मृगौला दिएकी हु । ’ उनले छोरीको आत्मबल निकै बलियो रहेको सुनाउदै भनिन् ‘छोरीको आत्मबल उसको परिवारको माया ममताले दिलाएको हो, अब उसको स्वास्थ्य ठिक भए मलाई उसको चिन्ता केहि छैन ।’ लक्ष्मीलाई मात्र होइन, पोखराका ३० बर्षिय दिपक गुरुङलाई पनि आफ्नै ६० बर्षिय आमा सुनमाया गुरुङले मृगौला दिएर पुन जीबनदान गरेकी छिन् ।
११ बर्ष अघि मृगौला बिग्रिएर चेन्नाई भारत पुगेका दिपकले झण्डै ४० हजार खर्च गरेर मृगौला प्रत्यारोपण गराएका थिए । तर, प्रत्यारोपण गराएको मृगौला बिग्रियो । त्यसपछि नियमित डायलसिस गराइरहेका उनलाई बर्षिय आमाले मृगौला दिएकी हुन् । ‘श्रीमतिको ब्लड ग्रुप नमिलेपछि प्हिला पनि आमाले नै दिन्छु भन्नुभएको थियो, तर बूढी हुनुभयो भनेर दातासगं किनेर प्रत्यारोपण गराएको थिए, प्रत्यारोपण पछि आइसियुमा राखिएका गुरुङले भने ‘आखिर अहिले मेरी आमाकै मृगौला लिनुप¥यो ।’ यी दुवै जना मानब अङ्ग प्रत्यरोपण केन्द्रमा निशुल्क मृगौला प्रत्यरोपण सेवा लिने पहिलो बिरामी हुन् ।
स्वास्थ्य मन्त्री गगनकुमार थापाले गत फगुन २७ गते बिश्व मृगौला दिवसको दिन घोषणाअनुरुप केन्द्रले निशुल्क प्रत्यारोपण सेवा उनिहरुबाटै सुरु गरेको हो । यद्यपि, सरकारको घोषणा अनुशार प्रदान गर्ने निशुल्क सेवामा प्रत्यारोपण सेवा लिनुअघि लगभग ८० हजारदेखि एकलाख सम्म लाग्ने गर्दछ । त्यो खर्च भने भने बिरामी आफैले खर्च गर्नुपर्ने केन्द्रकी मृगौलारोग बिशेषज्ञ डा। कल्पना श्रेष्ठ बताउछिन् । उनका अनुशार बिरामीले प्रत्यारोपण पछि जीन्दगीभर औषधि सेवन गर्नुपर्ने हुन्छ ।
सुरुको ३ महिना भने रोेग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने औषधि सेवन गर्नुपर्ने भएकाले महिनामा ४० देखि ५० हजार सम्मको औषधि सेवन गर्नुपर्ने हुन्छ । मृगौला प्रत्यारोपण गर्न सरकारले भने एक जना ब्याक्तिलाई ४ लाख खर्च बेहोर्नुपर्ने हुन्छ ।
कारोवार दैनिकमा जुनु भट्टराईले लेखेको समाचार छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्