कुलमान घिसिङ काठमाडौं महानगरमा मेयरको उम्मेदवार !

बुधबार, ०६ बैशाख २०७४

 

काठमाडौं, ६ वैशाख । वैशाख ३१ गते हुने स्थानीय निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलहरु उम्मेदवार छनोटमा व्यस्त छन् ।

 

यसैक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई काठमाडौं महानगरपालिकाको मेयर पदमा उठाउने चर्चा सुरु भएको छ ।

 

 

घिसिङलाई काठमाडौं मेयरमा उठाउन सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा छलफल सुरु भएको हो । लोडसेडिङ हटाएर चर्चामा आएका घिसिङलाई उठाएर निर्वाचनलाई आफ्नो पोल्टामा पार्ने रणनीतिअनुसार माओवादीभित्र उनको उम्मेदवारीका विषयमा छलफल सुरु भएको एक नेताले बताए ।

 

 

घिसिङले विद्युत् प्राधिकरणको प्रमुख भएर काम गर्दा काठमाडौंबासीमाँझ निकै राम्रो छाप पार्न सफल भएकोले उनले मेयरको पद जित्ने विश्वास माओबादी नेताहरुमा छ । यसैकारण अधिकांश नेता उनलाई उम्मेदवार बनाउने कुरामा सकारात्मक देखिएका छन् ।

 

 

काठमाडौंबासीमाझ घिसिङको लोकप्रियता उकालो लागिरहेकाले उनलाई मेयरमा उठाउने तयारी माओवादीभित्र भएपनि कुलमानले भने यो विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेका छैनन् ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको