भारतीय सुरक्षाकर्मीसँग कञ्चनपुरवासीले यसरी लिए बदला !

बुधबार, ०६ बैशाख २०७४

फाइल तस्वीर


पुनर्वासको आनन्द बजारमा गोविन्द गौतमको हत्या गर्ने भारतीय सुरक्षाकर्मीसँग कञ्चनपुरवासीले दोधारा चाँदनीको सुन्दरनगरमा बदला लिएका छन् ।

 

कञ्चनपुरको महाकाली नगरपालिकास्थित सुन्दरनगरमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का जवानहरु नेपाल पसेर भारतीयलाई पक्राउ गर्न थालेपछि स्थानीयवासीले उनीहरुलाई नियन्त्रणमा लिएर हातपात गरेका हुन् ।

 

महाकाली नगरपालिका वडा नं. ८, सुन्दरनगर नजिक जगबुडा झोलुङ्गे पुलको पूर्व–दक्षिण दिशा जोगबुडा नदीमा एसएसबीका जवान भारतीयलाई लखेट्दै नेपाल भित्रिएका थिए । सादा पोशाकमा आएका दुई–दुई एसएसबी जवानलाई स्थानिय महिला, पुरुषले कुट्न थालेपछि सुन्दरनगरमा ठूलै हंगामा मच्चियो ।

 

५३ बाहिनी भारतिय सिमा सुरक्षा बल बोडर आउट पोष्ट, मेलाघाट (उत्तरखण्ड) मा कार्यरत एसएसबी हवल्दार भवानी र जवान आलोकलाई मंगलबार अपरान्ह करिब ४ बजे नेपाली भुमीबाट स्थानियले नियन्त्रणमा लिएको स्थानीय लाल बहादुर खड्काले बताए ।

 

भारतीय नागरिक बलबिर नामका व्यक्तिले मोटरसाईकलमा फ्रिज नेपाल ल्याउँदै गर्दा सिमावर्ती बजारबाट पिछा गर्दै आएका एसएसबी हवल्दार भवानी र जवान आलोकले नेपाली भुमीमा पक्राउ गर्न खेद्न थालेपछि स्थानियहरुले सादा पोशाकमा रहेका दुई जना एसएसबीलाई नियन्त्रणमा लिएर कुटेका हुन् ।

 

‘फिल्मी स्टाईलले नेपाली भूमिमा लखेट्न थालेपछि एसएसबी जवानलाई नियन्त्रणमा लिएका हुन्’ एक स्थानिय भने, ‘अर्काको देशमा आएर पक्राउ गर्न मिल्छ र ?’ नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई स्थानियले खबर गरेपछि समयमै नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टोली सुन्दरनगर पुगेको थियो । सिमा स्तम्भबाट करिब ६ मिटर नेपाली भु–भागमा आएर एसएसबीले पक्राउ गर्न थालेको स्थानिय लाल बहादुर खड्काले बताए । स्थानियहरुले एसएसबीलाई करिब २ घण्टा नियन्त्रणमा लिएर छाडेको बताईएको छ ।

 

 

एसएसबी पक्राउपछि सीमावर्ती क्षेत्रमा सुरक्षा जाँचका नाममा अप्ठेरो

एसएसबी पक्राउपछि सीमावर्ती क्षेत्रमा सुरक्षा जाँचका नाममा अप्ठेरो हुने स्थानीय बताउँछन् । ‘हाम्रा दिदी बहिनीहरुलाई सिमावर्ती भारतिय बजार जादा समेत जिस्काउने चेक जाँचको नाउँमा अभद्र ब्यवहार गर्दै आएका छन्” नाउ उल्लेख नगर्ने सर्तमा एक स्थानियले भने ।

 

पुनर्वासको सिमा क्षेत्रमा नेपालीको हत्या गर्ने दर्जनौ नेपालीहरुलाई कुटपिट गर्ने भन्दै आज स्थानियहरुले एसएसबीलाई कुटेको प्रत्यक्षदर्शीले बताए ।

 

भारतीय एसएसबी नेपाली भूमिमा आएर आफ्नो दादागिरी जमाउदा समेत स्थानिय प्रशासनले सहज ढंगले छोडेकामा स्थानियबासी असन्तुष्टी जनाएका छन् । ‘कागजात प्रक्रिया पुर्याएर छाड्ने ठाउँमा नेपाली प्रशासनले सहजै स्पोटबाट छाड्ने कार्य गलत हो’ एमाले जिल्ला सदस्य राजिव खड्काले भने ।

 

एसएसबीको दादागिरीलाई प्रोत्साहन गर्ने काम भएको बताउँदै भारतिय पक्षको सुरक्षाकर्मीलाई बोलाई कागजात प्रक्रिया पुर्याएर नबुझाएको भन्दै नेकपा एमाले जिल्ला सदस्य राजिव खड्काले समेत स्थानिय प्रशासनमाथि असन्तुष्टि जनाए ।

 

प्रहरीका अनुसार सादा पोशाकमा नेपाल भित्रिएका दुई जना एसएसबी संग कुनै प्रकारको हतियार नभएको बताईएको छ । स्थानियबासी अनुसार पक्राउ परेका दुई एसएसबीहरु ५३ बाहिनी भारतिय सिमा सुरक्षा बल बोडर आउट पोष्ट, मेलाघाट (उत्तरखण्ड) का घुमुवा (ईन्ट) हुन् ।

 

उनीहरु विगत तीन सातादेखि सुन्दरनगर तथा आसपास नेपाली गाउँमा रेखी गर्दै हिड्दै आएका थिए । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट, माहाकाली श्रोत अनुसार स्थानियहरुले नियन्त्रणमा लिएका एसएसबीहरुलाई सम्झाई बुझाई पठाईएको बताएको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको