याद गर्नुहोस् ! नङको रंगले पनि देखाउँछ गम्भीर रोगको संकेत

बिहिबार, ०७ बैशाख २०७४


नङले औँलाको शोभा बढाउँछ । युवतीहरू अनेक पालिसले नङ रंग्याएर औँला आकर्षक बनाउँछन् । तर, के नङलाई सौन्दर्यसँग मात्रै जोडेर हेरे पुग्छ ? होइन । तपाईं आफ्नो नङ हेरेर शरीरमा लागेका विभिन्न रोगबारे पत्ता लगाउन सक्नुहुन्छ । आफ्नो नङको रंग र आकारअनुसार पत्ता लगाउनुहोस् रोग :

 

 

मोटो र पहेँलो :
नङको आकार मोटो हुँदै गएको छ, तर लम्बाइ भने बढ्न छोडेको छ भने फोक्सोमा समस्या हुन सक्छ । यो वेला नङको रंग पहेँलो हुन थाल्छ ।

 

पातलो र फुट्नु :
नङ निकै पातलो हुँदै गएको छ र पानीमा हात डुबाउँदा नङ टुक्रिने÷चिरिने, रुखो देखिने भएको छ भने थाइराइड टेस्ट गर्नुहोस् । उच्च अवस्थाको थाइराइड नङको जराबाट पनि निस्किन सक्छ ।

 

फिका र सेतो:
नङको रंग आधा फिका र आधा सेतो देखिएको छ भने जान्नुहोस् कि रगतमा ‘रेड ब्लड सेल’ कम बनिरहेको छ । यस्तो वेला अत्यधिक आइरन पाइने खानेकुराको जरुरत पर्छ ।

 

गाढा निलो :
नङको रंग गाढा निलो देखिएको छ भने शरीरले आवश्यक मात्रामा अक्सिजन प्राप्त गरिरहेको छैन भन्ने बुझ्नुपर्छ । यति वेला श्वासप्रश्वाससम्बन्धी रोग या नाडीमा समस्या हुन सक्छ ।

 

धेरै रातो :
नङको रंग धेरै रातो देखिन थालेको छ भने याद राख्नुहोस् कि हाई ब्लडप्रेसरको संकेत देखियो । यस्तो वेला मुटु धेरै जोखिममा रहेको हुन्छ ।


  • एजेन्सी


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको