प्रजनन् प्रणाली स्वस्थ राख्न उपविस्टकोणासन

शुक्रबार, ०८ बैशाख २०७४

 

प्रजनन प्रणालीमा विभिन्न समस्या निम्तिएर कतिपय जोडी हैरान भइरहेका हुन्छन् । खासगरी महिलाहरूमा यो समस्या बढी देखिन्छ ।  योग प्रशिक्षक दीपक नेपाल प्रजनन प्रणाली स्वस्थ राख्ने आसनबारे भन्छन् :

 

उपविस्टकोणासन गर्ने तरिका:
सबैभन्दा पहिले आरामसँग योग म्याटमा बस्नुहोस् ।
ढाड र गर्धन सिधा पारेर बस्नुहोस् र श्वास–प्रश्वासमा ध्यान दिनुहोस् ।
दुवै गोडा फट्याएर  राख्नुहोस्, आफ्नो क्षमताले भ्याएसम्म गोडा फट्याउनुहोला । तर, जबर्जस्ती भने नगर्नुहोस् ।
श्वास लिँदै ढाडलाई तनक्क तन्काएर श्वास छोड्दै, शरीरलाई तल झार्नुहोस् । जति सकिन्छ त्यतिमै रोक्नुहोस् । श्वास लिँदै शरीरलाई माथि लिएर आरामसँग छाड्नुपर्छ ।

 

उपविस्टकोणासनका फाइदा 
यस आसनले तिघ्रा, नितम्ब, हात, पूर्ण गोडामा राम्रो रक्त प्रवाह गर्न मद्दत गर्छ ।

खुट्टाका भित्री मांसपेशीहरूमा राम्रो प्रभाव पार्छ ।
पाचन प्रणालीमा पनि फाइदाजनक हुन्छ ।
मेरुदण्डलाई बलियो बनाउन मद्दत गर्छ ।
अगाडि झुकेर गरिने अभ्यास भएकाले मस्तिष्कलाई शान्त राख्न मद्दत गर्छ ।

 

प्लस टिप्स: यो आसन हतारमा गर्नु हुँदैन  । शरीरलाई असहज नहुनेगरी अरामसँग गर्नुपर्छ । सकेसम्म योग शिक्षकको सहयोगमा आसन गर्नु उपयुक्त हुन्छ । 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको