औषधीय गुणहरुले भरिएको एउटा यस्तो सागः जसले क्यान्सरदेखि ५० भन्दा बढि रोग ठिक पार्छ

शनिबार, ०९ बैशाख २०७४

 

सागसब्जीमा बेथे ‘चौलाई’ (एक प्रकारको तरकारी) को छुट्टै स्थान छ । दुनियाँभरका मानिस यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अनेकौ औषधीय गुणहरुले भरिएको हुन्छ ।

 

बेथे दुई किसिमको हुन्छ, एक सामान्य हरियो पात भएको र अर्को रातो पात भएको हुन्छ । यसले खोकी लाग्ने समस्या र पित्तको नाश गर्छ जसले रक्त विकार टाढा हुन्छ । पेट र कब्जियतका लागि चौलाईको तरकारी एकदमै उत्तम मानिन्छ । बेथेको तरकारी नियमित सेवन गरेमा वाथ, युरिक एसिड, रक्त र त्वचा विकार टाढा हुन्छ ।

 

 

सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएक सबै प्रकारका विषहरुको निवारण गर्नु हो । यसकारण यसलाई विषदन नाम दिइएको छ । यसको डाठ र पातमा पौष्टिक तत्वहरुको प्रचुर मात्रा पाइन्छ । पेट र कब्जियतका लागि चौलाई एकदमै उत्तम मानिन्छ ।

 

बेथेमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम र भिटामिन ए, मिनिरल्स र आइरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ जो कुनै अन्य सागसब्जीमा पाइँदैन । औषधिका रुपमा बेथेका पंचागं अर्थात पाँच अंग जरा, डाठ, पात, फल र फूललाई प्रयोग गरिन्छ । यसको डाठ र पातमा प्रोटीन, खनिज, भिटामिन ए, सी प्रचुर मात्रामा हुन्छ ।

 

भनिन्छ कुनै प्रकारको पनि छाला रोग यसको पात पिसेर २१ दिनसम्म लेप लगाउँदा ठिक हुन्छ । शरीरमा यदि कतै पनि रगत बगिरहेको छ र रोकिएको छैन् भने रातो पात भएको बेथेको जरालाई पानीमा पिसेर पिएमा रगत बग्न रोकिन्छ । एकपटक पिउँदा रोकिएन भने १२ घण्टापछि दोस्रोपटक पिउनुपर्छ ।

 

पाठेघर होस् वा मलद्वारबाट रगत बग्नु र रुघा लागेर सिगान बग्ने समस्याका लागि यो उपयोगी हुन्छ । गर्भवतीबाट रगत बग्दा तुरुन्तै जरालाई पानीमा पिसेको रस पिएमा झर्न लागेको गर्भ रोकिन्छ । जसलाई गर्भ खस्ने समस्या छ ती महिलाहरुले मासिक धर्म (रजस्वला)को समयमा हरेक जरालाई पानीमा पिसेर चामलको पानीसँग पिउँदा ठिक हुन्छ ।

 

सुजनलाई कम गर्छ
ऐमरैन्थ अर्थात बेथेको तेल र पेप्टाइडमा एन्टी इफ्लेमेन्टरी गुण हुन्छ जसले दुःखाई र सुजन कम गर्नमा मद्दत गर्छ । यो पुरानो स्थितीका लागि एकदमै महत्वपूर्ण हुन्छ जहाँ सुजनले स्वास्थ्यलाई प्रभावित गरिरहेको हुन्छ ।

 

फोडा र डण्डिफोर
फोडा र डण्डिफोरमा बेथेका पातहरुको पुल्टिस बनाएर लगाउँदा चाँडै पाकेर फुट्छ । सुजन भएमा त्यो ठाउँमा यसको लेप लगाउँदा सुजन टाढा हुन्छ ।

 

तौल घटाउन मद्दत गर्छ
प्रोटीन रक्तमा इन्सुलिनको स्तर कम गरेर हार्मोन बढाएर भोकलाई दबाउँछ जसकारण भोकको महसुस कम हुन्छ । लगभग १५ प्रतिशत बेथेमा प्रोटीन हुन्छ जो तौल घटाउन मद्दतगार छ ।

 

रक्तचाप कम गर्छ
अध्ययनका अनुसार ऐमरेन्थमा रहेको फाइबर र फिटोन्यूट्रीएन्ट्स नामक तत्वले रक्तचापलाई कम गर्नमा मद्दत गर्छ । जसकारण यो कोलेस्ट्रल, सुजन र रक्तचापसँग प्रभावकारी ढंगबाट लड्छ र मुटु स्वस्थ राख्छ ।

 

शरीरमा रगत बढाउँछ
औषधिका रुपमा बेथेको जरा, पात र विउ सबै प्रयोग गरिन्छ । यसका पाताहरु र विउमा प्रोटीन, भिटामिन ए र सी प्रचुर मात्रामा हुन्छ । ऐमरैन्थ अर्थात बेथेको साग एनिमिया रोगसँग लड्ने सबैभन्दा उत्तम उपाय हो । यसको सेवनबाट शरीरमा रगतको कमीलाई हटाउँछ । शरीरमा रगतको कमी दुर गर्नका लागि यसको सेवन सब्जी वा सुप (झोल)का रुपमा गर्नुपर्छ ।

 

क्यान्सरको रोकथाम
एमरैन्थमा भएको पेप्टाइड्स शरीरमा सुजनलाई हटाउने र क्यान्सरको विकास रोक्नमा पनि एकदमै मद्दतगार हुन्छ । यसमा रहेको एन्टी अक्सीडेट कोशिकाहरुलाई क्षतिग्रस्त हुनबाट बचाउँछ । जसले क्यान्सर रोक्न मद्दत गर्छ ।

 

पाचनमा सहजता (पचाउने सजिलो)
ऐमरैन्थमा रहेको फाइबर र अमिनो एसिडका कारण यसले पचाउनमा एकदमै सहज हुन्छ । यसमा रहेको फाइबरका कारण यसले आन्दामा चिप्कएको मल९दिशा०लाई निकालेर बाहिर धकेल्नमा मद्दत गर्छ जसले पेट सफा हुन्छ र पचाउने शक्ति मिल्छ । यसैकारण यसलाई पारम्परिक रुपमा रोगसँग लडिरहेका विरामीलाई दिइन्छ ।

 

पिसाबमा जलन
पिशाबमा हुने जलन रोक्नका लागि बेथेको रसको केही दिनसम्म सेवन गर्दा मुत्रवृद्धि हुन्छ र जलन ठिक हुन्छ ।

 

रक्त बवासीर
रक्त बवासीर वा मूत्र (पिशाब)मा रगत आउने समस्या, बेथेको पात पिसेर मिश्री मिलाएर शर्बत बनाएर ३ दिनसम्म लगातार पिएमा ठिक हुन्छ ।

 

प्रतिरक्षा प्रणाली बोलियो बनाउँछ
ऐमरैन्थको एउटा अर्को स्वास्थ्य लाभ पनि छ जसमा रहेको भिटामिन, खनिज र शक्तिशाली एन्टी अक्सिडेन्टले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली ठिक राख्न मद्दत गर्छ । यसकारण यदि तपाईको प्रतिरक्षा प्रणाली कमजोर छ भने तपाई बेथे सागको प्रयोग गर्नुस् ।

 

स्तनको आकार बढाउका लागि
महिलाहरुले आफ्नो स्तन बढाउन चाँहेमा रहरको दालसँग बेथेको साग पकाएर ४० दिनसम्म लगातार खानुपर्छ । जरा काटेर फाल्नु हुँदैन यो पनि पकाउनुपर्छ ।

 

एनर्जी बुस्टर
केही सब्जिहरु र अनाजहरुमा आवश्यक अमीनो एसिडको मात्रा कम हुन्छ । तर, बेथेमा लाइसिन एकदमै धेरै मात्रा हुने भएका कारण यो क्याल्सियमको अवशोषित गर्नका लागि शरीरलाई मद्दत गर्छ । यसकारण बेथे मांसपेशिको निर्माण र उर्जा उत्पादनका लागि एकदमै उपयोगी छ ।

 

कपाल फुल्ने र सेतो हुन रोक्छ
यदि तपाईको कपाल समय नपुगेरै युवाअवस्थामै फुल्ने समस्या छ भने बेथे सागले समाधान गर्नसक्छ । यो कपाल असमयमा सेतो हुनबाट रोक्न एकदमै प्रभावी उपाय हो । बेथेलाई आफ्नो आहार (खाना)मा समावेश गरे तपाई यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।

 

पत्थरी
रिपोर्टअनुसार पत्थरी भएको छ भने बेथेको साग ४० दिनसम्म प्रतिदिन खाएमा पत्थरी गल्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको