बैंशमा नै कपाल फुलेर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय

शनिबार, ०९ बैशाख २०७४

१. अमला –
कपाल फुल्ने समस्याको उपचारका लागि अमला एक उत्तम उपाय हो । नरिवलको तेलमा सुकेको अमलाका केही टुक्रा मिसाएर आगोमा उमाल्नुस् । र तेल चिसिएपछि त्यसलाई आफ्नो कपाल र टाउको लगाउनुस् । तेलले मालिस गर्नुस्, र कपाल धुनुभन्दा पहिला कम भन्दा कम एक घण्टा अथवा रातभरी छोडिदिनुस् । यो प्रक्रियामा हप्तामा एक पटक वा दुईपटकसम्म गर्नुस् ।

 

२ कागती
कागतीको रस मिसाएर नरिवलको तेलले आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् । टाउको तेल लगाएको करिब एक घण्टापछि आफ्नो कपाललाई धुनुस् । नरिवलको तेलले फुलेको कपाल रोक्न मद्दत गर्छ ।

 

३ प्याजको रस
प्याजको रस पनि कपाल फुल्ने समस्याबाट छुटकारा दिने महत्वपूर्ण बस्तु हो । कपाल झर्न, र तालुखुइले हुनबाट रोक्न मद्दत गर्छ । एउटा काँचको कचौरामा प्याज र कागतीको रस मिलाउनुस् । आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् । ३० मिनेटपछि एक हल्का हर्बल स्याम्पूले धुनुस् । प्याजको रस चिसो हुन्छ त्यसकारण यसको प्रयोग गर्मी मौसममा गर्दा ठिक हुन्छ ।

 

४ भृंगराज

लौकाको तेल अथवा भृंगराज (एक प्रकारको जडीबुटी) को तेल सेतो कपालको उपचारका अर्को उत्तम उपाय हो ।

 

५ तिलको तेल

कालो तिल वा तिलको तेल कपाल फुल्ने समस्याबाट छुटकारा दिने सबैभन्दा प्रभावकारी उपचार हो । हरेक दिन एक चम्मच कालो तिलको बिउलाई कम्पतिमा पनि तीन महिनासम्म सेवन गर्नुस् । आफ्नो कपालमा तिलको तेलले मालिस गर्नुस् । फइदा हुनेछ ।

 

६ बदामको तेल

बदामको तेल, कागतीको रस र अमलाको रसलाई बराबर मात्रामा मिलाउनुस् । कपाल फुल्ने तथा सेता रौ भएकाहरुको समस्याको उपचार गर्नका लागि यो मिश्रण तेलले आफ्नो कपाललाई मालिस गर्नुस् यसले तपाईको कपाल विस्तारै विस्तारै कालो चमकदार हुनेछ ।

 

७ लौकाको रसमा जैतुनको तेल वा तिलको तेल मिसाएर आफ्नो टाउको र कपालमा मालिस गर्नुस् । चौलाई ९एक प्रकारको हरियो सब्जी०को ताजा रसले कपालको प्राकृतिक रंग बनाउने, कपाल झर्न रोक्ने र कपाल फुल्न रोक्नेमा मद्दत गर्छ ।

-डिसी नेपाल बाट 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको