एमडीको परीक्षामा अनौठो प्रयोग, ब्लुटुथबाट चिट चोरी

आइतबार, १० बैशाख २०७४

 

काठमाडौं । चिकित्साशास्त्रको स्नातकोत्तर (एमडिएमएस) तहको प्रवेश परीक्षामा ‘ब्लुटुथ’बाट चिट चोरी हुने गरेको खुलेको छ । शनिबारको परीक्षामा त्यसरी चिट चोरी गर्ने दुई चिकित्सक पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले सञ्चालन गरेको परीक्षामा चिट चोर्ने चिकित्सकद्वय डा. अभिषेक आचार्य र डा. मनसा भोहरा पक्राउ परेका हुन् ।

 

नयाँ पत्रिका दैनिकका अनुसार, आचार्य कमलपोखरीस्थित किस्ट कलेज तथा भोहरा महाराजगन्जस्थित त्रिवि नर्सिङ कलेजबाट पक्राउ परेका हुन् । कानमा ब्लुटुथ लगाएर उनीहरूले बाहिरबाट चिट चोर्ने गरेको खुलेपछि पक्राउ गरी प्रहरीलाई बुझाइएको थियो ।

 

उनीहरूको ब्लुटुथ डिभाइसमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । परीक्षा हल बाहिरबाट उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

 

पक्राउ परेकी २७ वर्षीय भोहरा भारतीय नागरिक हुन् । दुवैजनाले एउटै तरिकाबाट चिट चोरेकाले यसमा कुनै गिरोहले उनीहरूलाई सहयोग गरेको प्रहरी आशंका छ । एमडी अध्ययनका लागि धेरै पैसा पर्ने र नाम निकाल्ने गाह्रो हुने भएकाले यसमा चलखेल भएको आशंका गरिएको नयाँ पत्रिका दैनिकमा खबर छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको