लाङमाले हिमताल फुट्दा करोडौंको क्षति, मकालु जाने बाटो बन्द
आइतबार, १० बैशाख २०७४

काठमाडौं, मकालु हिम श्रृङखलाअन्तर्गत ४४१० मिटर उचाइमा रहेको लाङमाले हिमताल बिहीबार दिउँसो बिष्फोटन हुदाँ करोडौंको क्षति भएको छ । यउपा पिकको फेदमा रहेको हिमताल बिष्फोटन हुदाँ होटल, गोठ, पुल र चौपायमा बगाएको हो । यता मकालु हिमाल आरोहणका लागि हिडेका पर्यटक समेत बाटो बगाए पछि बिचबाटोमै अलपत्र परेका छन् ।
स्थानीय होटल व्यवसायी छेपाल शेर्पाका अनुसार बाढीले बरूण उपत्यका भित्रका ज्याक खर्क, याङ्लेखर्क र तातोसोका ६ बढी गोठ र एक होटल एक दर्जन फड्के पुल, एक होटल, एक गुम्बा र छ वटा गोठ बगाएको बताए । बाढीले मकालु वालाखर्कका रिन्जी शेर्पाको करिव दुई दर्जन बढी याक र चौरी बगाए अनुमान छ । बाढीले बाटो बगाए पछि मकालु हिमाल आरोहण र अवलोकनका लागि पुगेका पर्यटक अलपत्र परेका छन् । पर्यटन विभागमा ६ जना आरोहीले मकालु आरोहण आरोहणका लागि अनुमति लिएका छन् ।
जाने बाटो नभए पछि यस वर्ष मकालु हिमाल आरोहण समेत रोकिन सक्ने स्थानीय छेपाल शेर्पाको भनाई छ । २०५० सालमा विष्फोटन भएको यो ताल वार्षिक रुपमा सामान्य बिष्फोट हुने गरेको शेर्पाले जानकारी दिए । बाढीले होटल बगाउँदा छेपाल शेर्पाको मात्र करिव एक करोड बरावरको धनमाल बगाएको निकुन्जको प्रारम्भीक अनुमान छ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्