जुसमा बेहोस बनाउने रसायन मिसाएर यात्रु लुट्ने भारतीय पक्राउ

आइतबार, १० बैशाख २०७४

 

काठमाडौँ । जुसमा बेहोस बनाउने रसायन मिसाएर यात्रुसँग धनमाल लुट्ने दुई जना भारतीय नागरिकलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । पूर्वी नेपालको काँकडभित्ताबाट काठमाण्डौ आउदै गरेको ना ६ ख ८४५१ नम्बरको रात्रिबसमा यात्रुलाई साथी बनाएर लुट्ने भारत बिहारका रञ्जितकुवर गिरी र रवी कनल लाई प्रहरीले पृथ्वी राजमार्गअन्तर्गत नौबिसेबाट पक्राउ परेको हो।

 

लुटेराहरुले मोरङ उर्लाबारीका कमल श्रेष्ठ र झापा गणेश आचार्यलाई यात्राकै क्रममा साथी बनाएर बसभित्रै लुटेको खानीखोला स्थित प्रहरी निरीक्षक जीवन निरौलाले बताए । दुई लुटेराले बसको छुट्टाछुट्टै सिटमा बसेका श्रेष्ठ र आचार्यलाई बिषालु पदार्थ मिसाएको जुस खान दिई बेहोस बनाएर हातमा लगाएका सुनका औठी, सुनकै सिक्री र नगद लुटेको प्रहरीको बयानमा खुलेको छ।

 

 

प्रहरीका अनुसार भारतीय कम्पनीले नै उत्पादन गरेको ‘मज्जा फ्रुट’ नामको जुसमा ‘लडपोज’ नामको विषाक्त औषधी मिसाएर खुवाइएको हो ।लुटेराले गणेश श्रेष्ठको औठी, सिक्री र ४ हजार नगद, अमर आचार्यको २० हजार नगद लुटेका थिए । होसमा आएपछि गरगहना र नगद सम्बन्धित व्यक्तिलाई फिर्ता गराइएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक निरौलाले बताए।

 

विलको आधारमा लुटिएको औठी र सिक्री गणेशको नै भएको पुष्टि भएपछि फिर्ता गराइएको उनले जानकारी दिएका छन् । श्रेष्ठ र आचार्यलाई बेहोस बनाएर लुटेको आशंकामा बसका अन्य यात्रुले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो । लुटिसकेपछि नौबिसेमा बसबाट ओर्लिए हुलिया परिवर्तन गर्नका लागि दारी कपाल काट्दै गरेको बेला लुटेरा पक्रिएको प्रहरी निरीक्षक निरौलाले बताए। आजको कान्तिपुर दैनिकले खबर छापेको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको