स्वास्थ्यमन्त्री गगन थापालाई प्रश्न : घाइतेको उपचार नगर्ने अस्पताललाई के कारबाही हुन्छ ?
आइतबार, १० बैशाख २०७४

काठमाडौं : पोखराको चर्चित अस्पताल मणिपालले शनिबार मुक्तिनाथ दर्शन गरी फर्कदै गरेका तीर्थयात्री बोकेको बस दुर्घटनाका घाइतेको उपचार गर्न अटेर गरेको छ।
अस्पतालले दुर्घटनाका गम्भीर घाइतेको उपचार गर्न नमानेकै कारण पाँच जनाको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा अस्पतालको चर्को विरोध भइराखेको छ । अस्पतालले उपचार गर्न नमानेको विषयमा सरकारले भने कुनै कदम चालेको छैन् ।
कोही पनि जनताले उपचार अभावमा मृत्युवरण गर्नु नपरोस् भन्ने लक्ष्य रहेको बताएका स्वास्थ्यमन्त्री गगन थापाले दुर्घटनाका घाइतेको उपचार नगर्ने अस्पताललाई कस्तो कारबाही गर्छन् त्यो समेत हेर्न बाँकी नै छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले मणिपालद अस्पताललाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
किन उपचार गरेन मणिपाल अस्पतालले ?
मणिपाल शिक्षण अस्पताल पोखरा क्षेत्रको चर्चित अस्पताल हो । मुस्ताङको कागबेनीमा भएको दुर्घटनाका गम्भीर घाइतेलाई उपचार गर्न अस्वीकार गरेर शनिबार फर्काइदिएको हो ।
मणिपाल अस्पतालले आकस्मिक उपचार गर्न नसक्ने भन्दै गम्भीर घाइतेलाई फर्काइदिएपछि उनका आफन्त र स्वयमसेवक आक्रोशित भएका थिए । अस्पतालले बिरामी फिर्ता गरेपछि नजिकैका अन्य अस्पतालमा लगेर उपचार गर्न आफन्त र सुरक्षाकर्मी बाध्य भए ।
शनिबार दिउँसो कागबेनीमा बस दुर्घटनामा परेर गम्भीर घाइते भएका १५ जनालाई सेनाको हेलिकोप्टरबाट मणिपाल अस्पताल ल्याइएको थियो ।अस्पतालले बिरामी फर्काएको विषयमा जानकारी दिदै वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक किशोर लम्सालले भने, ‘हामी उपचार गर्न सक्दैनौं भनेर घाइतेलाई लिनै मानेनन्, चिकित्सक आन्दोलनमा छन् भनेर त्यहाँका सिनियर व्यक्ति नै आएर उपचार गर्न नसक्ने बताउनुभएको हो ।’
अस्पतालले घाइतेको उपचार गर्न नसक्ने बताएपछि पुन एयरपोर्टलगायत ठाउँका एम्बुलेन्स बोलाएर घाइतेलाई पोखराकै अरू अस्पतालमा लगिएको थियो।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्