कण्डम प्रयोग गर्नेभन्दा सेक्सका क्रममा विर्य बाहिर फाल्नेको संख्या ह्वात्तै बढ्यो
आइतबार, १० बैशाख २०७४

काठमाडौं– नेपालमा परिवार नियोजनका आधुनिक विधिको प्रयोग गर्नेको संख्यामा ह्रास आएको छ। हरेक पाँच वर्षको अन्तरालमा हुँदै आइरहेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षणले सन् २०११ को तुलनामा सन् २०१६ मा आधुनिक विधि प्रयोग गर्नेको संख्या घटेको देखाएको हो।
नेपालका लागि अमेरिकी अनुसन्धान संस्था आइसिएफको प्राविधिक अनुगमनमा न्यु एराले गरेको ‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण (एनडिएचएस) २०१६’ले नेपालमा प्रजनन उमेर (१५ देखि ४९ वर्ष) का ४२ दशमलव ८ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्ने गरेको देखाएको छ। सन् २०११ मा ४३ दशमलव २ प्रतिशतले साधन प्रयोग गर्थे।
परिवार नियोजनका आधुनिक विधिमा महिला र पुरुषले गर्ने शल्यक्रियासहित कन्डम, सुइ, पिल्स, इमप्लान्स र आइयुडी पर्छन्।
परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्नेको प्रतिशत १० वर्ष अगाडिको भन्दा पनि कम देखिएको छ। सन् २००६ मा पनि नेपालका ४४ दशमलव २ प्रतिशत प्रजनन उमेरका जनताले कुनै न कुनै प्रकारका साधन प्रयोग गर्ने गरेका थिए।
सर्भेक्षणको प्रारम्भिक प्रतिवेदन अनुसार सबैभन्दा बढी प्रदेश ३ का नागरिकले परिवार नियोजनको आधुनिक साधन प्रयोग गर्ने गरेका छन्। सबैभन्दा कम साधन प्रयोग प्रदेश ४ का नागरिकले गर्छन्।
कन्डम प्रयोग गर्ने जम्मा ४ दशमलव २ प्रतिशत
आधुनिक विधि अन्तर्गत सबैभन्दा बढी कन्डमको चर्चा हुने गर्छ। कन्डमलाई सबैतिर पाइने साधनका रुपमा समेत लिइन्छ। तर, सर्भेक्षणमा ४२ दशमलव ८ प्रतिशत आधुनिक साधन प्रयोग गर्नेमा कन्डमको हिस्सा जम्मा ४ दशमलव २ प्रतिशत मात्र छ ।
कुन आधुनिक विधि अपाउने कति?
सर्भेक्षण अनुसार परिवार नियोजनका आधुनिक विधि अन्तर्गत सबैभन्दा बढी महिलाले स्थायी बन्ध्याकरण गराउने गरेका छन्। स्थायी बन्ध्याकरण गराउने महिला १४ दशमलव ७ प्रतिशत रहेका छन्। त्यसपछि क्रमशः महिलालाई लगाइन सुइ ८ दशमलव ९, पुरुष स्थायी बन्ध्याकरण ५ दशमलव ५, पिल्स ४ दशमलव ६, पुरुष कन्डम ४ दशमलव २, इम्प्लान्ट ३ दमशलव ३, आइयुडी १ दशमलव ४ र अन्यमा शुन्य दशमलव १ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।स्वास्थ्य खबरपत्रिकाले छापेको छ ।
गर्भपतन र वैदेशिक रोजगारी
परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्नेको संख्या घट्नुमा गर्भपतन र विदेशमा काम गर्न जाने पुरुषहरुको संख्यामा बृद्धि भएकाले हुन सक्ने अनुमान सर्भेक्षणले गरेको छ।
आधुनिक विधि अपानाउने कुन प्रदेशका कति?
प्रदेश प्रतिशत
प्रदेश–१ ४० दशमलव १
प्रदेश–२ ४२ दशमलव २
प्रदेश–३ ४९ दशमलव २
प्रदेश–४ ३७ दशमलव ३
प्रदेश–५ ३८ दशमलव ९
प्रदेश–६ ४४ दमलव ५
प्रदेश–७ ४८ दशमलव १
परम्परागत विधि अपनाउने बढे
परिवार नियोजनको आधुनिक विधि अपनाउनेको संख्यामा ह्रास आएसँगै नेपालमा परम्परागत विधि अपानउनेको संख्यामा वृद्धि भएको छ । परम्परागत विधिमा यौन सम्पर्कका क्रममा वीर्य बाहिर खसाल्ने र महिलाको रजस्वलाको समयलाई ध्यान दिएर यौन सम्पर्क राख्ने पर्दछन्।
सर्भेक्षण अनुसार प्रजनन उमेरका ९ दशमलव ८ प्रतिशतले यस्ता विधि अपाउने गरेका छन्। जबकि सन् २०११ परम्परागत विधि अपाउने ७ प्रतिशत थिए। सन् २००६ मा ४ प्रतिशत थिए। परम्परागत विधिमध्ये वीर्य बाहिर फाल्ने विधि अपाउने ८ दमलव ७ प्रतिशत छन् भने रजस्वलाको समय हेरेर सम्पर्क गर्ने १ दशमलव १ प्रतिशत छन् । शून्य दबमलव १ प्रतिशतले भने अन्य विधि अपनाउने गरेका छन्।
दुई वर्षअघिको लक्ष्य अझै पूरा भएन
नेपालले परिवार नियोजनका साधनको प्रयोगलाई बढाउँदै सन् २०१५ भित्रमा ६७ प्रतिशत जनताले कुनै न कुनै प्रकारका परिवार नियोजनाका साधन प्रयोग गरिसक्ने लक्ष्य लिएको थियो। तर, उक्त लक्ष्य भने अझै पूरा हुन सकेको छैन। सर्भेक्षण अनुसार आधुनिक र परम्परागत गरी अहिले नेपालका ५२ दशमलव ६ प्रतिशतले मात्र परिवार नियोजनका विधि अपाउने गरेका छन्।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्