हेपाटाइटिस संक्रमणको जोखिम पहिलो नम्बरमा, डब्लुएचओले दियो चेतावनी
आइतबार, १० बैशाख २०७४

संक्रमणजन्य रोगहरुको पहिलो ‘ग्लोबल रिपोर्ट’ सार्वजनिक भएपछि डब्लुएचओले मदिराजन्य तथा लागुपदार्थको सेवनबाट संक्रमण हुने रोगहरुमा टीबी र एचआइभी÷एड्सभन्दा हेपाटाइटिसका कारण मानिसहरुको ज्यान बढी जान थालेपछि सबैलाई सर्तक गराएको हो ।
भाइरल हेपाटाइटिसका कारण सन् २०१५ मा १३ लाख ४० हजार मानिसको ज्यान गएको थियो ।
डब्लुएचओले भनेको छ–‘यो तथ्यांक टीबी र एचआइभी/एड्सको तुलना बढी हो र अहिले हेपाटाइटिसको संक्रमणका कारण विश्वव्यापीरुपमा मृत्युदर २२ प्रतिशतले बढिरहेको छ ।’
ग्लोबल तथ्यांकअनुसार अहिलेसम्म विश्वभर ३२ करोड ५० लाख मानिसहरु हेपाटाइटिस संक्रमित रहेका र उनीहरु औषधि–उपचारको पहुँचबाट टाढा रहेका छन् ।
डब्लुएचओले चेतावनी दिँदै भनेको छ–‘बेलैमा सर्तक नभए ती संक्रमितहरुबाट सुस्तगतिमा अरु रोगहरु कलेजो, फोक्सो, क्यान्सरलगायतका रोगीहरुको संख्या पनि बढ्नेछ ।’
विश्व स्वास्थ्य संगठनका निर्देशक मार्गरेट च्यानले भनेकी छन्–‘संक्रमित हेपाटाइटिस सार्वजनिक स्वास्थ्यको मुख्य चुनौती बनेको छ । हामी सबै मिलेर तत्काल यो चुनौतीको सामना गर्नुपर्नेबेला आएको छ ।’
तथ्यांकअनुसार हेपाटाइटिस रोगहरुमध्ये साझा दुई, हेपाटाइटिस बी (एचबीभी) र सी (एचसीभी)का कारण ९६ प्रतिशत हेपाटाइटिस बिरामीको मृत्यु भएको छ ।
हेपाटाइटिस बी (एचबीभी)को संक्रमण असुरक्षित यौनसम्पर्क र शरीरमा अरु सुईबाट लिइने लागुपदार्थको साझा प्रयोगबाट सर्ने गर्दछ । यसको कुनै उपचार छैन ।
त्यस्तै, हेपाटाइटिस सी (एचसीभी)को संक्रमण विशेषगरी संक्रमितको रगतबाट अरु व्यक्तिको रगतको सम्पर्कबाट सर्ने गर्दछ । यसको उपचार सम्भव भएपनि महँगो भएका कारण धेरै मानिसहरु उपचारबाट बन्चित रहेका छन् । (एजेन्सी)
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्