एमालेको प्रश्न– दुई चरणमा चुनाव किन ?
आइतबार, १० बैशाख २०७४

काठमाडौं । नेकपा एमालेले सरकार र मोर्चाबीच भएको सहमतिअनुसार दुई चरणमा चुनाव हुन नसक्ने बताएको छ ।
नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले दुई चरणमा चुनाव गर्नुको कारण बारे सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए ।
उनले चुनाव नगराउने षडयन्त्रअनुसार फेरि पनि दुई चरणका कुरा ल्याइएको बताए । “यो फेरि पनि चुनाव नगराउने षडयन्त्र हो,” उनले भने, “बजेटपछि चुनाव हुन सक्दैन । यो आचारसंहिताले पनि दिँदैन । त्यसबाहेक दुई चरणमा चुनाव किन ? यसको औचित्य सरकारले पुष्टि गर्नुपर्छ । अनि प्रतिपक्षसँग सहमति नगरी चुनाव जस्तो महत्वपुर्ण विषयमा निर्णय गर्न मिल्दैन ।”
उनले फेरि पनि चुनाव नगराउने षडयन्त्रस्वरुप यस्तो गरिएको बताए ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्