हो म बेश्या हुँ, मलाई माल चाहिन्छ माल

सोमबार, ११ बैशाख २०७४

गंगबुको पुल भन्दा सुन्धारा अलि शान्त थियो । पुलमा झुम्मीनेहरु त्यती हुँदैन्थे । हामीलाई मान्छेहरुको भिड अत्याधकि भन्दा पनि उचित ग्राहकहरु मिल्नु ठुलो कुरा थियो । मान्छेहरु आएर समय पास गरेर गफ गर्नु भन्दा उचित मुल्य दिएर उपयोग गरेको सहय हुन्थ्यो । कसैले अनाबश्यक कुरा गर्नु भन्दा आबश्यकताको पुर्ति गर्नु हामीलाई न्यायोचित लाग्थ्यो । सुन्धाराको पुलमा मान्छेहरुको त्यतिको अत्यास लाग्दो भिड हुन्थेन । दिउसो कलेज साँझ ग्राहक खोज्दै जानु रहर थियो या बाध्यता त्यो तपाँइ सहजै अनुमान लगाउनु हुन्छ ।

 

 

म सानै हुँदा बाबाको दमका कारण उपचार नपाएर मृत्यु भयो । बाबा बितेको झन्डै ४६ दिन पछि आमा पनि अर्कैसंग बिहे गर्नु भयो । म संग भाइ र एक बैनी बाँकी रहे । घरकी साइली छोरी हुनुको नाताले मेरो काँधमा जिम्मेवारी आउनु अनौठो थिएन ।चार दिदिबैनी मध्य दुइ दिदिहरुको बिहे भैसकेको थियो । बाँकी दुइ बैनी र भाइ मात्र थियौँ । भाइ १३ बर्षको थियो बैनी १७ बर्ष की थिइ । त्यसपछि बैनीले पनि ६ महिनामै गाँउ नजिकै अन्तरजातिय बिहे गरी । छिमेकीले धित मरुजेल कुरा काटे ।माथील्लो जातकी भएर पनि जात फाली आमा बाबा नभएकी त भइहाली भनेर । म १० कक्षामा पढथेँ । भाइ कक्षामा ५ पढथ्यो । बाबा बितेकै साल मेरो एसएलसी थियो । एकातिर बाबा बित्नु भएको अर्को तिर आमा अर्कैसंग बिहे गरेको । कहिले काँही बिरक्त लाग्थ्यो । कति रूमाल भिजाँए  कति सिरानी भिजाँए अँह ती पलहरूकाे एकछिन पनि कल्पना गर्न सक्दिन ।

 

 

अस्तब्यस्त घरकाे कारण हुनसक्छ बैनीले पनि बिहे गरी । बैनीको बिहेले खासै तनाब लिइन । उमेर अबस्था पुगेकी समयमै बिहे गरी ठिक छ । आफु सेटिङ्ग भई जिम्मेवारी मेरो थियो अब भाइको ब्यबस्थापन देखी हुर्काउने बडाउने । सबै बैनीहरु बिहे गरेर गइसकेपछि मैले भाइको लागि तपश्या गर्ने सोचेँ । भाइकाे भविश्यकाेे लागि पनि केहि नगरी नहुने थियाे । 

 

एसएल सी आयो सकि नसकि एसएलसी दिएँ । थर्ड डिभिजनमा भएपनि पास भएँ । मेरो लागि राम्रो अँक भन्दा पनि पास मात्रै पनि ठुलो कुरा थियो । एसएलसी पास मेरा लागि अनुकरणीय बन्यो । भाइले पनि परिक्षा दियो पास भयो । समय बित्दै गयो । त्यो बर्ष आर्थीक अभावका कारण मैले कतै कलेज भर्न हुन सकिन । भाइको पढाइको लागि खर्च जुटाउन धौ धौ पर्यो ।

 

मेरो एकमात्र सोच भाइलाई पढाउने बन्यो । भाइलाई पढाउन र घर ब्यवहार जुटाउन म बाख्रा पालन तिर लागेँ । आमाले भाइको लागि जम्मा गरीदीएको थोरै पैसा र बाबाले मेरो लागि बनाइदिएको सानो तिलहरी बेचेँर १२ वटा बाख्रा किनेँ । भाइ स्कुल जाने म बाख्री ग्वाला जाने । समय बित्दै गयो भाइ पनि ठुलो भयो । भाइले पल्लो गाँउबाट बिहे गर्यो । बहु चिनेकै थिइन । इमान्दार थिइन । सोझी थिइन, बिस्तारै मैले जिम्मेवारी भाइ बुहारीलाई सुम्पीने सोचेँ । र ढिलै भएपनि कलेज जोइन्टगर्ने सोचेँ । या चैँ कतै सानो जागीर खोज्ने र जागीर गदैँ पढने निधो गरेँ ।

 

एकदिन त्यही सानो कुराले बुहारीसंग टसमस भयो 

कारण थियो । मसंग आर्थीक थिएन । एउटा लामकाने खशी थियो त्यसलाई बेचेर भर्न हुने र आफनो सेडुवुल नहुन्जेल खर्च चलाउने सोचेँ । तर त्यसमा भाइको खासै आपती थिएन । बहुले अापति जनाइन बहुले नबेच्ने कुरा सुनाइन । त्यो दिन रातभर निन्द्रा लागेन । सिरानी भिजुन्जेल रोइरहेँ । भाइको लागि सबथोक तिलान्जली दिएकी म आखीर त्यही एउटा खशी बाख्रो जति पनि भइनछु । बहुको बचनले सारै पिरोल्यो । भाइले त्यो दिन बहुलाई नराम्ररी हकारेको थियो । मैले नै रोकेकी थिएँ । म चाहान्थे मेरो कारणले भाइको भबिश्य वर्बाद नहोस । उसले बहुलाई दिदि मेरो सबैथोक हो । भनेर भन्दा बहुले त्यसो भा मलाई किन ल्याएको भन्ने बचन लाएकी थिइन । मेरो दुख र त्याग बुहारीले नजिकबाट देखेकी थिइन । उनी टाढाकी थिइनन् ।

 

मलाई टाढाकी र अपरीचित भएको भए दुख लाग्थेन । उनि नजिक र सबैदुख देखेकी भएकी कारण सारै दुख लाग्यो । त्यो दिन मर्न सकिन धन्न, अात्मबल बलियाे बनाएर बसेँ। अाफन्तहरूकाे नसाेचेकाे बचनले जति पराइकाे खुकुरीकाे चाेटले नि दुख्दाे रहेनछ । त्यस्तै भयाे । मन भारी भारी भयाे ।  जस्तो सुकै केटा पाएपनि रातारात बिहे गरेर भाग्दीन मन लागेको थियो । तर संभव थिएन ।

 

समाजले बुढीकन्याको संज्ञा दिएको थियो । हुनत म बुढी कन्या थिइन । चाहेभने जस्तो केटा पनि पाउन सक्थे । रुपरंगमा कमजोरी थिएन । समाजले हेप्ने प्रकारले संज्ञा दिएकाे थियाे ।  तर समयले मेरो उमेर अबस्थामा केहि परीबर्तन ल्याएको त थियो । गाँउघरमा मेरा उमेर मिल्दा केटाहरु थिएनन । छालका साथीहरुका छोरा छोरीहरु बिहे गर्ने सम्माका भइसकेका थिए । गाँउ भन्दा बाहिर कतै नगएका कारण बाहिरकालाई म चिन्दैनथेँ । त्यो दिन बहुको बचनले आत्महत्या गरुकी जस्तो नी लाग्यो । सोचेँ जिवन देखी हार्नु हुदैन । यो कदमले झन भाइको मनस्थीत कमजोर बन्छ । भाइको कुनै कमजोरी थिएन । उ आफना कारणले दिदिको भबिश्य उजाडीने भयो भन्ने चिन्ता गथ्र्यो ।

 

म उसलाई सम्झाउथेँ । बाबु मेरो भबिश्य केहि हुँदैन । म जसरी पनि आफनो जिवन सुरक्षीत गराउन सक्छु । बरु तिमी सामाजका अगाडी कमजोर नबन । समय बित्दै गयो बहुका कारण मलाई त्यहाँ बसी नसक्नु भयो । भाइ पनि पछि पछि बिस्तारै बहुकै पक्षमा उभिन थाल्यो । मलाई निक्लीनुको बिकल्प रहेन । मैले नाकको बुलाकी बेचेर खर्च निकालेर निक्लीने सोचेँ एकदिन गाँउकै सुनार दाई सित नाक बुक्चै राखि बुलाकि बेचेँ र घरबाट निक्लीएँ ।

 

केहिदिन सदरमुकाम एकजनी चिनजानेकै बैनीकोमा बसेँ जागीर खोजेँ अँह कतै केहि मेसो लागेन ।निर्धा निमुखाहरूकाे लागि काे हुन्छन र अादिर पावर पहुँच हुनेहरूकै पछाडि त दुनिया लाग्ने हुन । मलार्इ कसैले वास्ता गरेनन् । त्यहाँबाट कामको खोजीमा पढने बहानामा काठमाडौँ हान्नीने याेजना बनाँए  ।बरू नचिनेकै ठाँउ गएर भाँडा माझेर खान्छु । भन्ने साेच बनाँए । काठमाडाैँ हान्नीए । काठमाडौँ मेरा लागि अमेरीका सरह थियो । कहिल्यै गाडी नदेखेकी म कसैले हर्न बजायो भने पात पात हुन्थैँ  तर्सन्थेँ ।

 

सदरमुकामबाट केहिघन्टा हिडेर मात्रै गाडि भेटिन्थे । म सदरमुकामबाट केहि अपरीच साथीहरुसित काठमाडौँ लागेँ । काठमाडौँ मेरा एसएलसीका साथीहरु मास्टर पढदै थिए । मेरो उनिहरुसंग कुरा हुन्थ्यो त्यही कुरा अनुसार काठमाडौँ हान्नीन लागेकी थिँए ।
करिब एकरातको यात्रापछि काठमाडौँ पुगेँ केहि महिना साथीहरुकै कोठामा बसेँ । पछि साथीले लोकसेवामा नाम निकालेर उ गाँउतिर पोष्टीङ्ग भएपछि मलाई समास्या पर्यो । त्यतीन्जेल म लेबरी गर्थे । लेबरीले दिनभरी कमायो साँझ त्यही किनेर खानु पर्ने बाध्यता थियो । कोठाभाडा तिर्न समास्या हुन्थ्यो ।मेरो कोठा नजिकै एकजनी झापाकी ? श्रीमाया नामकी साथी बस्थीन ।उनि दिनभरी सुत्ने रातभरी कता हराउथीन थाह हुन्थेन । उनिसंग मेरो राम्रै सम्बन्ध थियो ।

 

एकदिन श्रीमायाले आफनो पेसाको बेलीबिस्तार लगाइन ।किनकी उनि र म खुब मिल्ने साथी भैसकेका थियाैँ। उनका पसडाहरू पनि कम्तीका थिएनन् । राम्रो ग्राहक पायो भने एक रातमा दशौँ हजार कमाइन्छ । तर श्रृंगारपटार चैँ धित मरुन्जेल गर्नुपर्छ ।उनि भन्थिन सन्तुष्टी पनि मज्जाको कमाइ पनि किन अरु कष्ट गर्नु पर्यो ।उनी कुरा गरीरहन्थीन । तर गोप्य राख्न उर्दी लगाउथीन । मैले उनका कुरा गोप्य नै राख्थेँ । एकदिन घरबेटी कोठा भाडा माग्न आए । मैले भाडा नतिरेको तिन महिना भैसकेको थियो । त्यो भन्दा अगाडी पनि खबर पठाउथे । तर नभएका कारण म चुपचाप लाग्थेँ । त्यो दिन घरेटीले भोली भाडा नबुझाए कोठा छोडन उर्दी लगाएर गए । मलाइ समास्या पर्यो सापटी दिने पनि कोही थिएनन । नकसैले पठाइदेला भन्ने नै थियो । जब मान्छेलाई समास्याले आक्रान्त बनाउछँ सबथोक गर्छ । सोच्थेँ । इज्यत भन्दा ठुलो पैसा र धन हैन । प्रतिष्ठा भन्दा ठुलो केहि हैन । बाँकी केहि रहेन मेरो । अन्तिम बिकल्प त्यो झापाकी साथीसंग केहि दिनलाई पैसा सापटी माग्न गएँ । उसले अर्को बहाना बनाइ र दिइन ।उसले बिकल्प दिइ । बरु म ग्राहक खोज्दीन्छु दुइतिन रात बिताउ अनि भाडा तिर्ने पैसा आउछ । जब समास्याको पहाड अगाडी ठिरिंग उभिन्छ अँह सबथोक समान्य लाग्दा रहेछन । त्यस्तै भयो ।

 

 

..जिवनको सबैभन्दा ठुलो कठिन मोडमा उभिएको अनुभुती भयो । इज्यत बेचेर पैसा कमाउनु भन्दा कतै भाँडा माझन पाए जाती हुन्थ्यो सोचेँ ।जिवनका अनेक लाग्दा अनुभुतीका चाङ्गहरु एकपछि अर्को ढंगले नाच्न थाले । गरौँ त कसरी गरौँ नगरौँ त घरभेटीको किचकिच ? कस्तो जिवन बाँचीयो । निक्कै दोधारमा परेँ । मलाई त्यो निर्णय स्वीकार्ण धौ धौ भयो । अनि घरभेटीको अनुहार र बचन सम्झेँ पेसा नराम्रो केहि हुँदैन बुझाइ नराम्रो हो । पेसा आफैमा नराम्रो हुँदै हुँदैन । आखिर मैले आफनो शरीरमा भएको कुराको उपयोग गर्न किन नपाउनु ? यो मेरो अधिकारको कुरा हो ? भाडाका लागि पनि मैले त्यो रोज्नुको बिकल्प थिएन । मुन्टो हल्लाएर स्वीकारे । उसले फोन लगाइ र भनि आज एउटा भर्जिन माल आउदैछ । साहु आफै बस्ने हो की ग्राहकलाई मिलाउने हो ?फोनबाट ठटयौली पारामा कुरा गरी उसका सम्पर्कका होटलका मालिक रहेछन ।उनले आज श्रीमती आकी छन आज हुन्न अरु बेला सोचौँला भनेर टारे तर ग्राहकलाई त चाहियो नि ? रेट रातको तिनहजार रहेछ । २५ सय हामीलाई ५ सय होटलवाला साहुलाई कमिसन हुँदोरहेछ ……

 

एकछिन पछि फोन आयो दुबैलाई बोलायो ।..केहि छिन मा ढोका ढकढकको आवाज आयोढोका खालेँ झापाकी साथी भित्र आइ र सम्झाउन थाली । मेकअप राम्रो गर्नु पर्छ । पुरुषहरुको लोभी आखाको धित मार्नु पर्छ । अनि रेट पनि दरै लिनु पर्छ । कति लिने भन्ने कुरा पनि थाह नपाएकी मेरा लागि त्यो काम मरेतुल्य थियो ।

 

 

…पर पुरुषसंगको मरेतुल्य पहिलो रात …..

साँझको साढे सात बज्दै थियो । हामी मुसमुसे अँध्यारोमा लाग्यौँ गंगबु तिर…. उनको सम्पर्कनुसार हामी हिडयौँ ।धुलाम्य र काेलाहलमय राजधानीकाे भिड छिचाेल्दै हान्नीयाैँ  गगंबुतर्फ लागेँ पछि पछि निरह भएर हिडेँ सरासर एउटा होटेलमा लगिन होटलको साहुसंग केहि क्षीण कानेखुशी गरीन ।

 

हुनत म जुन पेसामा हराउन थालेकी थिएँ त्यो मेरो बाध्यता थियो । शहरको बडदो आधुनिक्ता र आपनो बडदो चाहानाले बाध्यतामा पुर्याइ दिएको थियो ।  केहि समयपछि दुइजना भर्खरका केटाहरु आए । एउटा अलि कालो कालो बर्णको एउटा अलि खैरा आँखा गरेका होचो होचो थियो ।साहुको इसारानुसार म त्यही होचोहोचोको भाग परेँ । उनले संकेत गरीन आँखाले म उसकै पछि पछि लागेँ ।कोठा नं ३०५ मा । मन भुवा सरी उडेको छ । बेचैन बेचैन छ । जिवनको पहिलो रात त्यो पनि अपरीचित पुरुषसंग धेरै चोटी आफैलाई धिक्कारी सकेकी छु । के गर्ने कस्तो गर्ने अँह केहि थाह छैन । थोरबहुत साथीले सिकाएकी त थिइ तर ठयाक्कै आफुलाई महसुस थिएन ।जब अँध्यारो कोठा भित्र पसियो । मन मसानघाट पसेसरी भयो । मन पात पात भएको छ । के हुने हो कस्तो हुने हो । धेरै चोटी भगवान पुकारी सकेकी छु ।


कोठा सुनसान मसानघाट जस्ते लागिरहेछ । उ अर्थात मेरो पहिलो अपरीचित प्रेमी भुत जस्तो लागिरहेछ …...क्रमश


Source: Kusenews


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको