थुनामुक्त भएका डिआइजी नवराज सिलवाल बिएण्डबी अस्पतालमा
मङ्गलबार, १२ बैशाख २०७४

काठमाडौँ । हिजो पक्राउ परेर थुनामुक्त भएका डिआइजी नवराज सिलवाल ग्वार्को स्थित बिएण्डबी अस्पतालमा पुगेका छन्।
प्रहरीको नियन्त्रणमा रहेका डिआइजी सिलवाल सर्वोच्चको आदेशपछि हिजो साँझ नै थुनामुक्त भएका थिए। थुनामुक्त भएका सिलवालको स्वास्थ्यमा समस्या देखिएपछि हिजो नै बिएण्डबी अस्पताल पुगेको उच्च स्रोतले जानकारी दिएको छ।
सिलवाल उच्च रक्तचापका विरामी हुन्। अहिले उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ। अस्पतालमा रहेका सिलवालले कुनै चार्ज र पक्राउ पुर्जी बिना नै अपहरण शैलिमा आफूलाई प्रधानकार्यालय लगिएको बताए।
मदनबाबु भण्डारीको फेसबुकबाट
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्