एक्लै भएको मौका छोपी कार्यालकै महिला कर्मचारीमथि बलात्कार प्रयास
मङ्गलबार, १२ बैशाख २०७४

राजविराज । महुली सामुदायिक लघुवित्त वित्तिय संस्था लि.का सहायक अधिकृत भगवानी साहले कार्यालयमै रहेको निवासमा गएर एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको खुलासा भएको छ। संस्थाले आरोपित साहलाई निलम्बित गर्दै तलब बृद्धि रोक्का, घटुवा र बढुवा रोक्का गरेको पत्र सोमबार थमाए पछि घटनाको खुलासा भएको हो।पीडितले प्रहरीमा उजुरी नगरी संस्थामा मात्र उजुरी दिएकोले घटना सार्वजनिक भएको थिएन्।
संस्थाको प्रशासन तथा लेखा विभाग प्रमुख प्रबन्धक सरोजकुमार सिंहको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा साहलाई आचारण विपरीत काम गरेको ठहर गर्दै कारवाहीको भागिदार बनाएको प्रमुख कार्यकारी अधिकृत श्यामकान्त चौधरीले बताएका छन्।
चौधरीका अनुसार आगामी दिनमा महिला वा अन्य कर्मचारीसँग असल, मर्यादित व्यवहार नगरेको पाइए साहलाई कडा कारवाही गरिने चेतावनी समेत दिइएको छ। कोठामा एक्लै भएको मौका छोपी पुगेका साहले गत चैत १० गते बिहान कार्यालय सहयोगी २३ वर्षीया पीडितलाई तिमी कति राम्री भन्दै यौन सम्पर्कको लागि प्रस्ताव राखेका थिए। तर, महिला कर्मचारीले अस्विकार गरेपछि उनलाई नियन्त्रणमा लिई ओछ्यानमा लडाएर बलात्कार प्रयास गरेको पीडितले बताएकी छन्।
कार्यालयका अन्य कर्मचारीहरु फिल्ड गएको थाहा पाएर कार्यालयसँगै रहेको महिला कर्मचारीको निवासमा पुगेका साहले गरेको बलात्कार प्रयासको प्रतिकार गर्दै पीडितले होहल्ला गरेपछि साह भागेको महिला कर्मचारीले जानकारी दिएका छन्।
बकधुवा(९ महुली केन्द्रीय कार्यालय रहेको उक्त बित्तिय संस्था नेपाल राष्ट्र बैंक बाट इजाजत प्राप्त घ वर्गको बित्तीय संस्था हो। सहायक अधिकृत ४५ वर्षीय साहको घर सप्तरीको सुरुङ्गा नगरपालिकाको कुशहा श्रीपुर हो। उनकी एक श्रीमति दुई छोरा र एक छोरी छन्। आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्