‘के म पनि त मान्छे होइन र …’ भन्दै दाह्री ग्याङ बजारमा (भिडियोसहित)

मङ्गलबार, १२ बैशाख २०७४

 

काठमाडौं, समाज सेवामा आफूलाई समर्पित गर्दै आएको दारी ग्याङले म्युजिक भिडियो सार्वजनिक गरेको छ । दारी पाल्दाको समस्या र त्यसले निम्त्याउने सामाजिक बहिष्करणलाई गीतले देखाउन खोजेको छ ।

 

दारी पाल्दैमा समाजले कसैलाई पनि फरक नजरले हेर्नु पर्दैन भन्ने सन्देश दिने गीतले समाजमा रहेका सामान्य लाग्ने काममा समेत दारी ग्याङका सदस्यले चेतनामुलक काम गरिरहेको देखाउन खोजिएको छ ।

 

‘गालामा दारी काँधमा जिम्मेवारी’ भन्ने स्लोगन बनाएको दारी ग्याङको गीतको बोल पनि ‘मेरो दारी…’ नै रहेको छ । सुरज क्षेत्री द्वयको शब्द रहेको गीतमा संगीत पनि सुरजले नै भरेका हुन् ।

 

सुरजले र्याप हानेको गीतमा फिचरिङ प्रितमले गरेका छन् । अभिसेकराज सिंह थापाले अभिनय गरेको म्युजिक भिडियो लोकेन्द्र केसीले छायांकन, सम्पादन र निर्देशन गरेका हुन् ।

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको