स्थानीय चुनावमा बाबुराम र उपेन्द्रको मोर्चाबन्दी,मसाल चिन्ह लिएर नयाँ शक्तिले चुनाव लड्ने
मङ्गलबार, १२ बैशाख २०७४

काठमाडौं, नयाँ शक्ति नेपालले संघिय समाजवादी फोरमको चुनाव चिन्ह लिएर चुनाव लड्ने भएको छ । एकता प्रक्रिया टुंगो पुग्न नसकेपछि डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम कार्यगत एकता गर्न सहमत भएका छन् ।
नयाँ शक्ति स्रोतका अनुसार आज मंगलबार दुवै पार्टीले चुनाव चिन्ह एउटै लिएर लड्नेबारे निर्बाचन आयोगलाई पत्र लेखेर जानकारी दिने तयारी भईरहेको छ ।
नयाँ शक्ति पार्टीका एक नेताले पनि फोरमको चुनाव चिह्न मसाल लिएर चुनाव लड्ने तयारी भइरहेको स्वीकार गरेका छन् । ‘हामीले आफ्नो चुनाव चिन्ह नपाएपछि संघीय फोरमसँग मोर्चाबन्दी गर्न लागिएको हो’ उनले भनेका छन् ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्