गाउँगाउँबाट उम्मेदवार गिरफ्तार गर्ने विप्लब माओवादीको धम्की
मङ्गलबार, १२ बैशाख २०७४

फाईल तस्बीर
सुर्खेत, नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य ओमप्रकाश पुनले स्थानीय चुनावका उम्मेदवारलाई गिरफ्तार गर्ने बताएका छन् । ‘उनीहरुले हामीलाई सहरबाट गिरफ्तार गरे, अब हामी गाउँगाउँबाट उम्मेदवार गिरफ्तार गर्छौं’ पुनले भने । प्रहरीले सुर्खेतमा शान्तिपूर्ण जनसभा गर्न रोकेर सोमबार दुई केन्द्रीय सदस्यसहित ५० नेता(कार्यकर्तालाई गिरफ्तार गरेपछि पुन सो कुरा बताएका हुन् ।
मंगलबार नेता पुनले अहिले केही समयमा विरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर आफ्ना नेता(कार्यकर्तालाई नछोडे गाउँगाउँबाट उम्मेदवारलाई गिरफ्तार गर्ने घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले देशभर गिरफ्तार गरिएका नेता-कार्यकर्ताको रिहाईको माग गर्दै आफ्नो पार्टीका शान्तिपूर्ण कार्यक्रममा अवरोध नगर्न सरकारसँग माग समेत गरेका छन् । उनले शान्तिपूर्ण कार्यक्रममा रोक लगाए आफूहरु कार्यक्रमको रुप परिवर्तन गर्न बाध्य हुने चेतावनी दिए ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्