गर्भावस्थासँग जोडिएका ९ रोचक तथ्य, जुन लाग्छन् अचम्म तर हुन् शत प्रतिशत वास्तविक

मङ्गलबार, १२ बैशाख २०७४

 

एजेन्सी

बैशाख १२ – के तपाईंलाई थाहा छ, गर्भमा हुर्किरहेको शिशुले आमाको सबै कुरा सुन्न सक्छन् ? मेडिकल साइन्समा गर्भसँग जोडिएका केही यस्ता कुराहरु छन् जुन सुन्दा निकै अचम्म लाग्दा छन् र विश्वास गर्न मुश्किल छ ।

 

आज हामी तपाईंलाई यस्तै वास्तविकताबारे जानकारी दिँदै छौं जुन सुन्दा निकै अचम्मका लाग्छन् तर हुन् सत प्रतिशत सही ।

 

मेडिकल साइन्सका अनुसार गर्भमा हुर्किरहेको बच्चाले आमाको कुरा सुन्न त सक्छ नै आफ्नो वरिपरिको कुराहरु देख्न पनि सक्छ । नेशनल चाइल्ड बर्थ ट्रस्ट (एनसिटी) की बारबरा कोट्टका अनुसार पेटमा हुर्किरहेको शिशु २० हप्तापछि बाहिरी आवाजलाई सुनेर प्रतिक्रिया दिने गर्दछ ।

 

१३ देखि २८ हप्ताको बिचमा बच्चाले पाठेघरमा पिसाब गरेर त्यसलाई पिउन थाल्छ ।

गर्भमा शिशु रुन्छन् पनि ।

गर्भमा मुसा, खरायो, गोरिल्ला, कुकुर, सुंगुर, ह्वेल वा मानिसको अण्डा सुरुवातमा सबैको आकार एउटै हुन्छ ।

शिशुले आमाले खाएको प्रत्येक खानाको स्वाद लिने गर्दछ ।

गर्भवती हुँदा महिलाको पाठेघर आफ्नो नियमित आकारभन्दा ५ सय गुणा ठूलो हुने गर्दछ ।

शिशुको औंठाछाप तीन महिनापछि बन्ने गर्दछ ।

शिशुको शरिरमा सबैभन्दा अन्तिममा फोक्सो विकास हुन्छ ।

पाठेघरमा हुने धेरैजसो तरल पदार्थ वास्तवमा बच्चाको पिसाब हुन्छ ।

२६ हप्ता भएपछि तपाईंको शिशु गर्भभित्रै हाँस्ने गर्दछ ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको