स्वस्थ कपालका लागि केही घरेलु उपायहरु

बुधबार, १३ बैशाख २०७४

 

कपालले मानिसको व्यक्तित्वका बारेमा अनेकौं सन्देश दिने गर्दछ । त्यसकारण हामी सबै सुन्दर, घना र लामो कपाल चाहन्छौं । केही प्राकृतिक उपाय अपनाएर कपाललाई तिब्र रुपमा बढाउन सकिन्छ ।

 

१. कपाललाई तिब्र रुपमा बढाउने उपायः

कपाल बाक्लो, नरम र कालो होस् भन्ने कसलाई रहर नहोला । कपालका कारण नै तपाईंको व्यक्तित्व निर्धारण हुने गर्दछ । साथै, हेयर स्टाइलले त्यसको सुन्दरता र व्यक्तित्वमा अझै निखार ल्याउने काम गर्दछ । तर जीवनशैलीका कारण कपालको समस्याबाट कोही अछुतो छैन । कपालको समस्याका लागि हाम्रो जीवनशैली निकै हदसम्म जिम्मेवार हुने गर्दछ । साधारणतया हरेक महिना कपालको लम्बाई लगभग १.२५ सेन्टिमिटर बढ्ने गर्दछ । तर यदि तपाईंको कपाल बढ्दैन भने यहाँ दिइएको प्राकृतिक तरिकाले तपाईंको सहयोग गर्नसक्छ ।

 

 

२. अण्डाः

अण्डामा पाइने पोषक तत्वले शरिरका लागि मात्र नभई कपालका लागि पनि फाइदाजनक मानिन्छ । अण्डामा प्रचुर मात्रामा प्राटिन। सेलेनियम, फस्फोरस, जिंक, आइरन, सल्फर र आयोडिन हुन्छ जसले कपाललाई झर्नबाट जोगाउँछ । यी पोषक तत्वले कपाललाई लामो गर्न पनि सहयोग गर्दछ । अण्डाको सेतो भागमा थोरै जैतूनको तेल वा मह हालेर राम्रोसँग फिट्नुहोस् र यसलाई कपालमा लगाए एक घण्टासम्म छोडिदिनुहोस् । त्यसपछि यसलाई स्याम्पु लगाएर राम्रोसँग नुहाउनुहोस् । यस्तो गर्नाले कपाललाई चाहिने आवश्यक पोषक तत्व पूर्ती हुन्छ र कपाल राम्रोसँग बढ्छ ।

 

३. अमलाः

कपालका लागि अमलालाई विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ । तपाईं यसको सेवन गर्नसक्नुहुन्छ वा यसलाई कपालमा लगाउन सक्नुहुन्छ । अमलामा क्यारोटिनायडजस्ता पोषक तत्व हुने भएकाले यसले कपाललाई बढ्न सहयोग गर्दछ । यदि तपाईंको कपाल कालो छैन र कपाल कालो होस् भन्ने चाहनुहुन्छ भने अमला र रिठ्ठाको पाउडर लगाउनुहोस् । अमलाको जूसलाई हप्तामा एक पटक कपालमा लगाउँदा कपाल तीब्र रुपमा बढ्ने गर्दछ ।

 

 

४. मसाजः

कपालमा तेल मसाज कपाललाई लामो गर्ने सबैभन्दा राम्रो प्राकृतिक उपाय हो । मसाज गर्नुभन्दा पहिले तेललाई हल्का तताउनुहोस् र मसाज गर्नुहोस् । मसाज गर्दा टाउकोको छालामा रक्त संचार सुध्रिन्छ जसले कपाललाई पूर्ण पोषण प्रदान गर्दछ ।

 

५. एलोभेरा र महः

छालाका साथै एलोभेरा कपालको लागि पनि वरदान हो । एलोभेरामा भिटामिन, सेलेनियम र अन्य प्रकारका पौष्टिक तत्व हुन्छ जसले कपाललाई चायाँबाट छुटकारा दिलाउनुका साथै स्वस्थ, बलियो र लामो बनाउँछ । टाउकोको छालामा एलोभेरा जूस लगाएर रातभरी छोडिदिनुहोस् । बिहान टाउकोलाई राम्रोसँग पखाल्नुहोस् । अथाव, एलोभेरा र महलाई बराबर मात्रामा मिसाएर यसको पेष्ट बनाउनुहोस् र यसलाई टाउकोमा लगाएर ३० मिनेटसम्म छोडिदिनुहोस् । आधा घण्टापछि पानीले राम्रोसँग पखाल्नुहोस् ।

 

६. मेहेन्दीः

मेहेन्दी कपालका लागि प्राकृतिक कन्डिसनर हो । मेहेन्दी लगाउँदा कपाल बलियो र बाक्लो हुने गर्दछ । मेहेन्दीले कपाललाई जरैदेखि बलियो बनाउँछ । एक कप मेहेन्दी पाउडरमा आधा कप दही निसाएर करिब २ घण्टा यत्तिकै छोडिदिनुहोस् । त्यसपछि यसलाई टाउकोमा लगाउनुहोस् र सुकेपछि पखाल्नुहोस् ।

 

 

७. आलूको रसः

आलू सबैको मनपर्ने खाना हो । यसले कपाललाई निकै छिटो बढ्न सहयोग पनि गर्दछ । यसबारे निकै थोरै मानिसलाई मात्र थाहा छ । नुहाउनुभन्दा पहिले टाउकोमा आलूको रस लगाउनुहोस् त्यसपछि १५ मिनेछ पछि कपाल पखाल्नुहोस् । आलूमा पाइने भिटामिनले तपाईंको कपाललाई लामो, बाक्लो र बलियो बनाउँछ ।

 

 

८. शिकाकाईः

शिकाकाई र अमलाको पानीले कपाल बाक्लो र निकै तेज बढ्ने गर्दछ । यसका लागि शिकाकाई र सुकेको अमला २५ ग्राम लिनुहोस् र यसलाई कुटेर मसिनो बनाउनुहोस् । यी दुबै टुक्राको ५० ग्रामलाई पानीमा रातभरी भिजाउनुहोस् । बिहान यसको पानीलाई छानेर टाउको मालिस गर्नुहोस् । १०–२० मिनेट पछि नुहाउनुहोस् । कपाल सुकेपछि नरिवालको तेल लगाउँदा कपाल लामो, नरम र चम्किलो हुने गर्दछ ।

 

 

९. मेथीः

मेथीको अत्यधिक सेवन कपालको स्वास्थ्यको लागि राम्रो मानिन्छ । यसको साथै मेथीलाई पिन्नुहोस् र त्यसमा थोरै पानी हालेर पेष्ट बनाउनुहोस् । यसलाई कपालमा लगाएर आधा घण्टासम्म छोडिदिनुहोस् र पानीले पखाल्नुहोस् । यस्तो गर्दा कपाल तिब्र रुपमा बढ्छ र कपालको चायाँ छ भने पनि हट्छ । हप्तामा दुई पटक यो तरिका अपनाउनुहोस् ।

 

 

१०. काँक्रोः

काँक्रोमा सिलिकन र सल्फरको अत्यधिक मात्रा हुन्छ जसका कारण यसको प्रयोगले कपाल निकै चाँडै बढ्छ । यसका लागि काँक्रोको रसले कपाल पखाल्नुहोस् । अथवा, काँक्रो, गाजर र पालुङ्गाको रस पिउँदा पनि कपाल बढ्छ ।

 

११. कागतीको रसः

कागतीको रसले पनि टाउकोको छालाको पिएचलाई सन्तुलनमा राख्दछ र कपाल बढ्न सहयोग गर्दछ । यो तरिकाका लागि एक मुट्ठी बदामलाई रातभरी भिजाउनुहोस् र बिहान बदामको बोक्रा छोडाएर पिस्नुहोस् । यसमा दुई चम्चा कागतीको रस मिसाएर टाउकोमा राम्रोसँग मसाज गर्नुहोस् । त्यसपछि यसलाई २० मिनेटका लागि छोडिदिनुहोस् । सुकेपछि राम्रो पानीले पखाल्नुहोस् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको