डन्डिफोरको दागबाट छुटकारा पाउन चाहनु हुन्छ?

बुधबार, १३ बैशाख २०७४

 

मेकअप गरेको अनुहारलाई सुत्नुभन्दा अगाडि पानीले पखालेर सुत्नुहोस् र डन्डिफोर नआउनको लागि जति सक्दो अनुहारलाई धुनुहोस् ।यदि अनुहामा डन्डिफोर छ भने कहिले पनि त्यसलाई नकोट्याउनुहोस् । डन्डिफोर कोट्याउँदा बस्ने दाग हराउनमा समय लाग्छ र यसलाई हटाउनको लागि निकै गाह्रो पनि हुने गर्दछ । दाग छालाको सतहमा मात्र छ भने त यसलाई घरेलु पद्धतिबाट पनि हटाउन सकिन्छ तर यदि निकै पुरानो र गाढा छ भने त्यसको लागि कस्मेटिक सामग्रीहरुको नै आवश्यक पर्ने गर्दछ ।

 

डन्डिफोरको दाग हटाउन तपाईंले घरेलु पद्धति पनि अपनाउन सक्नुहुनेछ । चन्दनको धुलोको लेप बनाएर लगाउनाले दाग बिस्तारै हट्दै जान्छ । दाग हटाउनको लागि मह पनि लाभदायक हुन्छ । दागमा थोरै मात्रामा दैनिक मह लगाउने र त्यसको पाँच मिनेटमा सफा पानीले धुने गरेमा दाग बिस्तारै हट्दै जान्छ । अण्डाको सेतो भाग अनुहारमा लगाउने, त्यसलाई पाँच मिनेटसम्म सुक्न दिने र सफा पानीले मुख धुने । निमको पातको लेपमा चन्दनको धुलो हालेर लगाउनाले डन्डिफोरको दाग निकै कम हुन्छ ।

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको