चर्को शुल्क अशुल्ने राजधानीका ४५ निजी स्कुलमा तालाबन्दी (नामावली सहित)

बिहिबार, १४ बैशाख २०७४

 

काठमाडौं, विद्यार्थीसँग चर्को शुल्क लिएका राजधानीका ४५ निजी स्कुलमा विद्यार्थी संगठनले ताला लगाएका छन्। शुल्क वृद्धि नियन्त्रण गर्न माग गर्दै चरणवद्ध आन्दोलन गर्दै आएका उनीहरुले बुधबार उपत्यकाका ४५ वटा स्कुलमा ताला लगाएका हुन्।

 

एमाले निकट अनेरास्ववियुका महासचिव ऐन महरका अनुसार शुल्क वृद्धि नियन्त्रण गर्न सरकारलाई पटक पटक आग्रह गरेपनि बेवास्था गरेपछि बाध्य भएर तालाबन्दीमा उत्रनुपरेको बताए।


उनका अनुसार रातो बङ्गला, नाइटिङ्गेल, रेडियन्ट, ह्वाइटफिल्ड, स्वर्णिम, माउन्ट ग्ल्वरी, भीएस निकेतन, गीताञ्जली, रेड्न, फ्लोरिसेन्ट, अपि, ज्ञान निकेतन, काठमाडौं विद्याकुन्ज, काव्य, पुष्प सदन, विभूती, कन्चनजङ्घा, प्यारागन, संस्कृति स्कुलमा ताला लगाइएको छ।

 

त्यस्तै एक्सलसियर, दिब्यज्ञान, डल्लु आवासीय विद्यालय, काठमाडौं भ्याली स्कुल, ट्रिनीटी, रोजबर्ड, ओलम्पिया, नोबेल, पाठशाला, चेल्सी, अक्सिडेल्टल, आइडियल स्कुल, प्रीमियर, जेम्स, युनाइटेड, टेक्सास, त्रियोग, युरोकिङ्गस, आइडियल, मार्बलस स्कुल, बाबा, रिलायन्स, बागमती, युलेन्स, डेफोडेल, तक्षशिलालगायतका स्कुलमा पनि ताला लगाइएको छ। स्कुलको प्रशासन र लेशाखामा ताला लागेको छ। ताला लगाइए पनि विद्यार्थीको पठनपाठनमा भने कुनै अवरोध नगरिने महरले बताए।

 

ती स्कुलहरुले सरकारी निकाय र अभिभावकसँग परामर्श नै नगरी आफूखुशी शुल्क लिइरहेको विद्यार्थीको दाबी छ। मनपरी शुल्क लिने स्कुललाई कानुनको दायरामा ल्याउन नसकेको भन्दै विद्यार्थी शिक्षा मन्त्रालयसँग पनि रुष्ट छन्।

 

आन्दोलन अन्तर्गत बिहीबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० र एन प्याब्सनको कार्यालयमा पनि ताला लगाइने विद्यार्थीले बताएका छन्।यस पटकको आन्दोलनमा विद्यालय सञ्चालकले लिएको शुल्कबारे छानबिन गरेर विद्यार्थीलाई फिर्ता नगराइएसम्म नछोड्ने विद्यार्थीको अडान छ। विद्यार्थी तालाबन्दीमा उत्रे पनि शिक्षा मन्त्रालयले भने समस्या कसरी समाधान गर्ने भन्नेतर्फ पहल गरेको छैन आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको