चितुवाको छालासहित ६० वर्षीय वृद्ध पक्राउ
बिहिबार, १४ बैशाख २०७४

कैलाली । क्षेत्रिय अनुसन्धान समूह (आरआईटी) सुदूरपश्चिमले बुधबार राति अमरगढी नगरपालिका-७, पोखरा बजारबाट बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ ।
अमरगढी नगरपालिका ६, भाटगाउँका ६० वर्षीय करविर दत्त भट्टराईलाई ७ फिट लम्बाई र २ फिट चौडाई भएको बाघको छाला सहित पक्राउ गरेको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) रोमेन्द्र सिंह देउजाले जानकारी दिए ।
पक्राउ परेका भट्टराईले २ वर्ष अघि गोली लागेर मरेको अवस्थामा बाघ फेला पारेपछि घरमा ल्याई त्यसको छाला निकालेर राखेको प्रहरीलाई बयान दिएका छन् ।
पक्राउ परेका व्यक्ति र बाघको छालालाई अनुसन्धानका लागि जिल्ला वन कार्यालय डडेल्धुराको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्