कपिलवस्तुमा ४ वर्षमा ३९३ बिरामी, रुपन्देहीमा प्रति १ हजारमा १ जनालाई औलो
बिहिबार, १४ बैशाख २०७४

रुपन्देही– रुपन्देही र कपिलवस्तुमा खुल्ला सीमानाका कारण औलो रोग नियन्त्रणमा समस्या भएको छ। जिल्लामा औलो सम्बन्धी जनचेतनाका विविध कार्यक्रम सञ्चालन हुने गरेका भए पनि नियन्त्रणमा समस्या भएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।
कपिलवस्तुमा वर्षौंदेखि औलो नियन्त्रण समन्धी कार्याक्रम सञ्चालित भए पनि नियन्त्रणमा आउन सकेको छैन। पछिल्लो चार वर्षको तथ्यांक अनुसार जिल्लामा तीन सय ९६ जना औलो रोगी फेला परेका छन्। तीमध्ये ७८ जना कडा रोगी भएको र अन्य तीन सय १६ जना समान्य रोगी भएको बताएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका जनस्वास्थ्य प्रमुख योगेन्द्र भगतका अनुसार जिल्लामा खुला सीमाका कारण औलो नियन्त्रण नभएको बताए जिल्लामा अहिले यो मुख्य समस्या भएको बताए। जिल्लामा २०७१ मा एक सय ४०, ०७२ मा एक सय र ०७३ को चैत्रसम्ममा एक सय एक रहेको जिल्लामा तथ्यांक छ। जिल्लामा औलोसम्बन्धी कार्याक्रम र विद्यालयमा जनचेतना सम्बन्धी काम भइरहे पनि यो नियन्त्रणमा आउन सकेको छैन।
जिल्ला अस्पताल तौलिहका डा. मदन कोइराला भन्छन्, ‘औलो नियन्त्रणका लागि सबैभन्दा प्रमुख उपाय भनेको चनचेतना नै हो। त्यसपछि सबैले झुल प्रयोग गरेमा यो नियन्त्रणमा जानेछ।’ जिल्लामा अहिले सुत्केरी र महिलालाई सुपानेट झुल बाँडिएको छ।
यस्तै, रुपन्देहीमा पनि औलोको समस्या उस्तै छ। भैरहवा, वुटबल लगायतका क्षेत्रमा यो रोग बढिरहेको छ। भारतीय खुल्ला सीमानाका कारण यो नियन्त्रणमा समस्या भएको जिल्ला जनास्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केहरसिंह गोदारले बताए। अहिले रुपन्देहीमा एक हजारमा एक जना औलोको रोगी रहेको उनले बताए।
उनले जिल्लामा विभिन्न कार्याक्रम तथा विद्यालयमा जनचेतना सम्बन्धी कार्यक्रम र सुपानेट झुल वितरणको काम भइरहेको जनाएका छन्। सरकारले सन् २०२६ सम्ममा नेपाललाई औलो मुक्त देश घोषणा गर्नेगरी कार्यक्रम अघि बढाएको कोइरालाले जनाए।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्