बलिउड अभिनेता बिनोद खन्नाको निधन
बिहिबार, १४ बैशाख २०७४

बलिउडका चर्चित अभिनेता विनोद खन्नाको निधन भएको छ । मुम्बईको एक अस्पतालमा लामो समयदेखि व्लड क्यान्सरको उपचार गराइरहेका खन्नाको ७० वर्षको उमेरमा बिहिवार निधन भएको भारतिय सञ्चार माध्यमले जनाएका छन् ।
१९६८ बाट बलिवुडमा आफ्नो अभिनय सुरु गरेका खन्नाले बलिउड महानायक अमिताभ बच्चन, ड्रिम गर्ल हेमा मालिनीदेखि अहिलेको समयमा सलमान खानका साथ चलचित्रहरुमा काम गरेका थिए । ‘
मन का मित’ चलचित्रबाट उनले अभिनयको सुरुवात गरेका थिए । खन्नाको निधनपछि सम्पूर्ण बलिउड शोकमा डुबेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । केही समय अगाडी उनको अस्पतालमा रहेको तस्बिर सार्वजनिक भएको थियो । तस्बिर सार्वजनिक भएसँगै उनका छोरा राहुल खन्नाले बुवाको स्वास्थ्य सुधार भएको र छिट्टै अस्पतालबाट घर फर्कन बताएका थिए ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्